७ वैशाख २०८१ शुक्रबार
प्रवास

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

म्याग्दी – म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

एनआरएनए हङकङकी अध्यक्ष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समन्वय समितिकी वरिष्ठ उपाध्यक्ष लगायत हङकङमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेकी गुरूङलाई हङकङ बेलायतबाट स्वतन्त्र भएको अवसरमा दिइने ३३१ पदक मध्ये सूचीमा राखिएको थियो।

हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मान भित्र हङकङ नेपाली व्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार लगायत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय रहेकी गुरुङले सम्मानबाट सामाजिक दाहित्व बढेको बताइन् । ‘यहाँ मैले गरेको कामको आधारमा सम्मानित  हुने अवसर पाए । विदेशीभूमीमा समेत सामाजिक कार्यमा सक्रिय हुने अवसर पाएको छु’ उनले भनिन् । हङकङ र मकाउमा रियलस्टेट व्यवसायी समेत रहेकी गुरूङले बुद्ध शिक्षालाई प्रचारप्रसारमा उनको सक्रियता रहेको छ। 

प्रकाशित: ५ कार्तिक २०७४ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App