८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

कञ्चनपुर –  पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०ः१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो। 

मोटरसाइल चालक २० वर्षीय कपिल चौधरी गम्भीर घाइते भएकामा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए। 

प्रकाशित: ५ कार्तिक २०७४ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App