coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

लहान – दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ। 

भक्तजनले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउने र श्रृंगार्ने कामलाई तीव्रता दिएका छन् । यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ। पूजास्थलको रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन्। 

परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिका लागि मनाइने छठपर्व यस वर्ष आउँदो बिहीबार साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिन्छ । छठ पर्वमा व्रतालुले ६० जातको धानको चामल, गाईको दूध, सख्खर हालेर खीर पकाउँछन्। 

यस अवसरमा बाजारमा छठी मैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घरघरमा छठी मैयाका गीत भएका सिडी एल्बम पनि गुन्जिरहेका छन्।

छठमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन्। 

छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाडाकुँडालगायतको सामानको मूल्य दोब्बर भन्दा बढी हुँदा पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। 

स्थानीय नहरा रिगौलका शंकर यादवले बजारमा व्यापारीको मनपरि बढे पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको आरोप लगाए।

प्रकाशित: ५ कार्तिक २०७४ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App