६ वैशाख २०८१ बिहीबार
राजनीति

तालमेलले उम्मेदवारी मनोनयन तनावपूर्ण

पश्चिमेली ब्युरो
नेपालगन्ज- बाम गठबन्धनले केन्द्रीयस्तरमा चुनावी तालमेल गरेर सिट बाँडफाँड गरे पनि स्थानीयस्तरमा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । यसले गर्दा कतिपय जिल्लामा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता तनावपूर्ण बन्यो ।

एमाले र माओवादी केन्द्रका जिल्लास्तरका नेता आरोपप्रत्यारोपमा, केन्द्रमा भएको सहमतिविपरीत उम्मेदवारी दर्ता।

    मुगुमा गठबन्धनले केन्द्रबाट पठाएको निर्देशन कार्यान्वयन भएन । माओवादी केन्द्रले तालमेलका नाममा आप्mनो अस्तित्व समाप्त पार्न खोजिएको भन्दै छुट्टै मनोनयन दर्ता ग¥यो । गठबन्धनतर्पmबाट प्रतिनिधिसभाका लागि गोपालबहादुर बम र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट दानसिंह परियार तथा क्षेत्र नम्बर २ बाट चन्द्रबहादुर शाहीको उम्मेदवारी परेको छ । यी तीनै एमालेका हुन् । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि सुरबहादुर बुढा र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सन्तोषकुमार मल्ल र क्षेत्र नं. २ बाट मंगलबहादुर शाहीको मनोनयन दर्ता गराएको छ । पार्टी पोलिटब्युरो सदस्यसमेत रहेका मंगलबहादुरले माओवादीलाई जिल्लामा समाप्त गर्न खोजिएपछि उम्मेदवारी दिइएको बताए । एमाले जिल्ला अध्यक्ष धर्मबहादुर शाहीले केन्द्रको निर्देशनअनुसार मनोनयन दर्ता गर्न पहल भए पनि नसकिएको बताए ।
    जाजरकोटमा पनि बामगठबन्धनका दुई दलले छुट्टाछुट्टै मनोनयन दर्ता गरे । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका तर्फबाट  शक्तिबहादुर बस्नेत र एमालेका  गोविन्द्रविक्रम शाहले  उम्मेदवारी दिए । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका निरज आचार्य र माओवादी केन्द्रका गणेशप्रसाद सिंहले  उम्मेदवारी दिए । क्षेत्र नम्बर २ मा एमालेका  करबीर शाही र माओवादी केन्द्रका नरबहादुर कार्कीले उम्मेदवारी दिए । बामगठन्धनको सहमतिअनुसार  जाजरकोटमा प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशका दुवै सिट एमालेले पाएको थियो । केन्द्रले गरेको निर्णयका विषयमा जिल्लामा दुई दलबीच तीब्र विवाद भएपछि दिउँसो ११ बजे  माओवादी केन्द्रीय कार्यालयले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका निरज आचार्यलाई ‘व्याक’ गरेर माओवादी केन्द्रका  गणेशप्रसाद सिंहलाई उम्मेदवार गराउने भनी निर्देशन पठाएको थियो । एमालेले भने आप्mनो पार्टीको तर्पmबाट कुनै निर्देशन नभएको भन्दै पूर्वनिर्देशनअनुसार मनोनयन दर्ता गरायो ।
    माओवादी नेता बस्नेतले एमालेका जिल्लास्तरीय नेताले केन्द्रमा भएको सहमतिविपरित काम गरेको आरोप लगाए । दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार एमालेले जाजरकोट प्रदेशसभा २ छोड्नुपर्ने उनको भनाइ छ । उक्त क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एमालेका निरज आचार्यले भने आप्mनो पार्टीको प्रदेशदेखि पदाधिकारी र अध्यक्षले उम्मेदवारी दिन भनेपछि सोही अनुसार मनोनयन दर्ता गराएको बताए । ‘मलाई अहिले पनि उम्मेदवारी कायम गर्न भनिराख्नुभएको छ,’ उनले भने, ‘भागवण्डामा पनि यो क्षेत्र हामीलाई नै परेको छ, अनि मैले किन छोड्ने ?’
    दलको आधिकारिक पत्र नभएपछि एमालेका गोविन्दविक्रम शाहले भने प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिए । यही विवादले संयुक्त ब्यानर बनाएर सँगै मनोनयन गर्नुपर्ने निर्देशन भए पनि जाजरकोटमा एमाले र माओवादी केन्द्रका उम्मेदवार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्न गरिएको एमाले जिल्ला सदस्य कमानबहादुर बुढाले बताए ।
हुम्लामा पनि बामगठबन्धनबीच टिकट खोसाखोस भयो । केन्द्रले यसअघि हुम्लाको प्रदेशसभा १ मा लालकेश जैशीलाई टिकट दिएको थियो । तर, आइतबार दिउँसो एमालेका दलबहादुर रावललाई दिइयो । जैशीले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । माओवादीकै छक्कबहादुर लामाले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘मेरो नाममा आएको टिकट खोसेर अर्कैलाई दिएपछि मैले चुप लागेर बस्न सकिनँ,’ जैशीले भने, ‘त्यसैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको छु ।’
कालिकोटमा पनि बामगठबन्धन दिनभर तनाबमा रह्यो । मनोनयनको तयारी भइरहँदा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेसनल) जिल्लाको प्रदेशसभा (ख) मा उम्मेदवारी दिने तयारीमा थिए । तर, आइतबार दिउँसो एकाएक निर्णय फेरियो उनको ठाउँमा माओवादी केन्द्रको तर्पmबाट विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले मनोनयन दर्ता गरे । उनले पाएको प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट पार्टीका जिल्ला संयोजक दुर्गाबहादुर रावतको हातमा थमाइयो । ‘पछिल्लो सहमति कहाँ भयो हामीलाई जानकारी छैन,’ माओवादी कालिकोटका इन्चार्ज जीवन बुढाले भने, ‘अघिसम्म एउटा थियो, अहिले अर्कै भएछ ।’
पछिल्लो संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएको र गत स्थानीय तह निर्वाचनमा हाराहारी मत ल्याएको एमाले गठबन्धनको सहयात्री माओवादीलाई जिल्लाका तीनमध्ये केन्द्र र प्रदेशमा दुई सिट दिँदा असन्तुष्ट छ । ‘अहिलेकै अवस्थामा कार्यकर्ताको मनोबल उठाउन निकै गाह्रो छ,’ एमालेका एक जिल्लास्तरीय नेताले भने, ‘गठबन्धनको नाममा वर्षौं लगानी गरेका नेतालाई बली चढाउने काम भयो ।’
एमाले बझाङले पनि केन्द्रमा भएको टिकट बाँडफाँडप्रति असन्तुष्टि जनाएको छ । जिल्ला अध्यक्ष दिलबहादुर सिंहले धनगढीमा पत्रकार सम्मेलन गरी जिल्लाको जनमतविपरित तानाशाही तरिकाले टिकट दिने निर्णय भएको आरोप लगाए । गठबन्धनले बझाङमा प्रतिनिधिसभाको लागि एमालेका भैरबबहादुर सिंह र प्रदेशसभातर्पm १ मा एमालेका अजुन थापा र २ मा माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । ‘यो निर्णय नसच्याए पार्टीले हार व्यहोर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘त्यसैले जनमतको कदर गर्दै न्यायोचित रुपमा टिकटको निर्णय गरियोस् ।’

(दिलबहादुर छत्याल– धनगढी, जनक केसी– जाजरकोट, पवित्रकुमार शाही– कालिकोट, सुमन मल्ल– मुगु र जनक शाही– हुम्ला)

प्रकाशित: ६ कार्तिक २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App