coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बायर्नको जितमा टोलिसो नायक

बर्लिन- कोरेन्टिन टोलिसोको गोलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले शनिबार १० जनामा सीमित भएर अधिकांश समय खेलेको ह्यामबर्गर एसभीमाथि १–० को जित हासिल गर्दै शीर्ष टोली बोरुसिया डर्टमन्डसँग अंक बराबरी गरेको छ ।
शनिबारका नतिजापछि बायर्न र डर्टमन्ड दुवैको खातामा समान २० अंक छ । तर शनिबारै चाँडो गरी सम्पन्न खेलमा २–० को अग्रता लिनाका बावजुद इन्ट्र्याक्ट फ्रयांकफर्टसँग २–२ को बराबरीमा चित्त बुझाएको डर्टमन्ड गोअलन्तरमा बायर्नभन्दा अगाडि छ ।
ह्यामबर्गमा अवे जित हासिल गरेपछि बायर्नका गोलकर्ता टिलिसोले आफ्नो गोलभन्दा पनि टिमको जित महŒवपूर्ण भएको बताए । ‘हामी डर्टमन्डको नतिजा थाहा पाइसकेपछि मैदान छिरेका थियौं । हामीलाई यो खेल जितेर शीर्ष टोलीसँग बराबरी गर्ने सुनौलो मौका थियो, जुन हामी गुमाउन चाहँदैनथ्यौं,’ टोलिसोले भने, ‘तर यो खेल सोचेजस्तो सजिलो भएन । हामीले आफ्नो स्वाभाविक फुटबल खेल्न सकेनौं । दोस्रो हाफमा उनीहरूले निकै रक्षात्मक खेले । तर अन्तिममा हामीले निकै संघर्षमय रूपमा भए पनि जित हासिल ग¥यौं । डर्टमन्डसँग अंक बराबरी ग¥यौं । यो महŒवपूर्ण उपलब्धि हो ।’
ह्यामबर्गले घरेलु मैदानमा ५० मिनेटभन्दा बढी समय १० जनामा सीमित भएर खेलेको थियो । किंस्ले कोम्यानमाथि खराब फाउल गरेबापत गिडियोन गङले ३९औं मिनेटमा रातो कार्ड सामना गरेका थिए ।
कार्लो एन्सेलोट्टी बर्खास्तगीमा परेपछि उनलाई स्थानान्तरण गरेका बायर्नका नयाँ प्रशिक्षक युप हाइनेक्सले अर्को साता आरबी लिपजिगसँग हुने दुई खेललाई ध्यानमा राख्दै पहिलो रोजाइका थुप्रै खेलाडीलाई शनिबार आराम दिएका थिए । टोलीले बुधबार जर्मन कपमा तथा अर्को शनिबार घरेलु लिगअन्तर्गतको खेलमा लिपजिगसँग खेल्नेछ ।
दोस्रो हाफको सुरुमा मैदान प्रवेश गरेका कप्तान थोमस मुलरले टोलिसोलाई विजयी गोलको अवसर सिर्जना गरे पनि लामो समय त्यसको खुसी मनाउन सकेनन् । ५३औं मिनेटमा उनको पासमा टोलिसोले बायर्नका लागि विजयी गोल गरे । तर त्यसको दुई मिनेट नबित्दै तिघ्राको चोटका कारण मुलरले मैदान छोड्नुपरेको थियो ।
रेलिगेसनबाट बाँच्ने संघर्षका लागि आफूलाई तयार गरिसकेको ह्यामबर्गरले बराबरीका लागि थुप्रै प्रयास गरेको थियो । तर टोलिसो र थियागो अल्कान्टाराका प्रहार पोस्टमा लागेर फर्किएको खेलमा बायर्न स्पष्ट जितको हकदार थियो ।
चाँडो गरी सम्पन्न खेलमा डर्टमन्डले स्पष्ट जितका साथ शीर्ष स्थानमा अन्तर बढाउने संकेत गरेको थियो । नुरी साहिनले १९औं मिनेटमा अग्रता दिलाएको भ्रमणकारी टोलीका लागि म्याक्सिमिलियान फिलिपले ५७औं दोस्रो गोल गरेका थिए । तर फ्रयांकफर्टका लागि सेबास्टिन हालेरले ६४औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काए भने त्यसको चार मिनेटपछि मारियस उल्फले बराबरी गोल गरे ।
डर्टमन्डले विजयरहित भएर मैदान छोडेको यो लगातार तेस्रो खेल हो । अघिल्लो शनिबार घरेलु मैदानमा आरबी लिपजिगलाई ३–२ को नतिजा सुम्पिएको टोलीले मंगलबार च्याम्पियन्स लिगको खेलमा साइप्रसको विपक्षी एपोइलसँग १–१ को बराबरीमा चित्त बुझाएको थियो ।
शुक्रबार मात्र डर्टमन्डका स्विस गोलकिपर रोमन बुर्कीले २०२१ सम्मका लागि सम्झौता नवीकरण गरेका थिए । एपोइलविरुद्धको खेलमा ठूलो गल्ती गरेपछि चरम आलोचित बनेका रक्षकमाथि त्यो क्लबले गरेको विश्वासको संकेत थियो । खेलअघि क्लबका खेलकुद निर्देशक माइकल जोर्कले बुर्कीलाई क्लबको पूर्ण साथ रहेको बताएका थिए । तर शनिबार पनि उनकै गल्तीमा फ्रयांकफर्टले पेनाल्टीको मौका पाएको थियो ।
मध्यसातामा च्याम्पियन्स लिगअन्तर्गतको खेलमा एफसी पोर्टोमाथि जित हासिल गरेको आरबी लिपजिगले विजययात्रालाई निरन्तरता दिने क्रममा शनिबार भिएफबी स्टुटगार्टलाई १–० ले हरायो । मिडफिल्डर मार्सेल साबिट्जरले २३औं मिनेटमा गरेको एउटै गोल लिपजिगको जितलाई पर्याप्त भयो ।
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा साल्केले मेइन्जमाथि २–० को विजयी नतिजा निकाल्दा ह्यानोभरले औसबर्गलाई २–१ ले हरायो । यसै गरी बायर लेभरकुसनले बोरुसिया मोन्चेनग्लाडबाचलाई ५–१ को नतिजामा निराश पा¥यो ।

शनिबारका नतिजापछि बायर्न र डर्टमन्ड दुवैको खातामा समान २० अंक छ । तर शनिबारै चाँडो गरी सम्पन्न खेलमा २–० को अग्रता लिनाका बावजुद इन्ट्रयाक्ट फ्रयांकफर्टसँग २–२ को बराबरीमा चित्त बुझाएको डर्टमन्ड गोअलन्तरमा बायर्नभन्दा अगाडि छ ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App