८ वैशाख २०८१ शनिबार
खेल

आर्सनलको उत्कृष्ट पुनरागमन

लन्डन- आर्सनलले  उत्कृष्ट पुनरागमन गर्दै आइतबार एभर्टनमाथि ५–२ को सहज जितको नतिजा निकालेकोे छ ।
१२औं मिनेटाम वायन रुनीले गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो । नाचो मोनोरियलले ४०औं मिनेटमा गोल गर्दा आर्सनल खेलमा फर्किएको थियो । ५३औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
६८औं मिनेटमा इडरिसा गाना गिनी दोहोरो पहेंलोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि एभर्टनले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।
७४औं मिनेटमा एलेसान्द्रो लाकाजेट्ले गोल गर्दै आर्सनलको अग्रता बढाएका थिए । ९०औं मिनेटमा एरोन रामसेले गोल गर्दै आर्सनलको अग्रता ४–१ मा पु¥याएका थिए ।
अतिरिक्त समयको तेस्रो मिनेटमा बाये ओमर नियासेले  गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो टोलीका लागि पर्याप्त भएन । त्यसको दुई मिनेटपछि  एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनलका लागि तीन अंक पक्का गरेका थिए ।
यस  जितपछि  ९ खेलको समाप्तिमा १६ अंक जोडेको आर्सनल पाँचांै स्थानमा उक्लिँदा समान खेलमा ८ अंक जोडेको एभर्टन १८औं स्थानमा छ, जुन रेलिगसन क्षेत्र हो ।

यस्तै शनिबारको खेलमा हडर्सफिल्ड टाउनसँग २–१ को नतिजामा पराजित हुँदै इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई पाँच अंकको अग्रता सुम्पिएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो आफ्ना खेलाडीसँग आक्रोशित बनेका छन् ।
आरोन मोए र लाउरेन्ट डेपोइट्रेले पहिलो हाफमा गोल गरेपछि जोन स्मिथ रंगशालामा हडर्सफिल्डले धेरै ठूलो उपलब्धि हासिल गरेको थियो । टोलीले युनाइटेडमाथि जित हासिल गरेको यो १९५२ यता पहिलो पटक हो । जबकि माउरिन्होको टोलीले भने जारी सिजनमा भोगेको यो पहिलो हार हो ।
‘झन्डै दुई वर्षअघि देखि सुरु भएको हाम्रो सफलता कथामा यो अर्को अध्याय हो,’ हडर्सफिल्डका जर्मन प्रशिक्षक डेविड वाग्नरले भने, ‘आज हाम्रो दिन थियो । यसले हामी सबैलाई अत्यन्तै खुसी र गौरवान्वित बनाएको छ । यो नतिजाको महŒव हाम्रा लागि तीन अंक लिनुमा मात्र सीमित हुने छैन । यसले आगामी दिनका लागि पनि हामीलाई प्रेरणा दिइरहनेछ ।’
युनाइटेड असफल हुनुको पूर्ण फाइदा उठाउने क्रममा सहरी प्रतिद्वन्द्वी सिटीले बर्नलीमाथि ३–० को नतिजा निकाल्यो । सिटीको जितमा पेनाल्टीमार्फत ३०औं मिनेटमा पहिलो गोल गरेका सर्जिलो अग्विरोले क्लबका लागि सर्वाधिक १ सय ७७ गोल गर्ने इरिक ब्रुकको कीर्तिमानसँग बराबरी गरे । निकोलस ओटामेन्डीले ७३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने लेरोए शेनले ७५औं मिनेटमा तेस्रो गोल गरे ।
साबिक विजेता चेल्सीले वाट्फोर्डमाथि ४–२ को नतिजा निकाल्दै दोस्रो स्थानको युनाइटेडसँगको दूरी चार अंकमा झा¥यो । घरेलु स्टामफोर्ड ब्रिजमा पेड्रो रोडरिग्वेजको गोलमा १२औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । तर अब्दुल्ला एडोकोरेले मध्यान्तर हुनै लाग्दा वाट्फोर्डका लागि बराबरी गोल गरे । रोबर्टो परेराले ४९औं मिनेटमा गोल गरेपछि भ्रमणकारी वाट्फोर्डले अग्रता लिएको थियो । तर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिची बात्सुईले दुई गोल गरेपछि टोलीको जित सम्भव भएको थियो । बात्सुईले चेल्सीका लागि ७१औं मिनेटमा बराबरी गोल गरे । सिजर एज्पिलिक्वेटाले ८७ तथा बात्सुईले इन्जुरी समयमा गोल थपेपछि चेल्सीको तीन अंक पक्का भएको थियो ।
‘यो राम्रो प्रदर्शन हो । पहिलो हाफको अन्तिममा बराबरी गोल खानु अनि दोस्रो हाफ सुरु भएलगत्तै अर्को गोल खाएर पछि पर्दा जुनसुकै टोलीको मनोबल पनि निकै गिर्ने गर्छ । तर हामीले त्यो अवस्थामा पनि पुनरागमन ग¥यौं,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘आजको खेलमा खेलाडीहरूले जुझारुपना र आत्मविश्वास देखाएका छन् । यो हाम्रो महŒवाकांक्षाका लागि सहयोगी हुनेछ ।’
गत सप्ताहान्तमा लिभरपुलसँग गोलरहित बराबरी नतिजा निकालेको युनाइटेडले च्याम्पियन्स लिगअन्तर्गत मध्यसातामा सम्पन्न खेलमा बेन्फिकामाथि १–० को संघर्षमय जित हासिल गरेको थियो । लगातार मैदानमा कमजोर रूपमा प्रस्तुत भइरहेकोप्रति युनाइटेडका प्रशिक्षक माउरिन्हो निकै निराश थिए ।
‘सामान्यतया मलाई खेल हार्दा धेरै चिन्ता लाग्दैन । विपक्षी आफूभन्दा राम्रो भएर जित्यो भन्ठान्छु । विपक्षीमा आफूभन्दा धेरै क्षमता भएको सोच्छु । तर जब आफ्नै बेहोराका कारण खेल हारिन्छ, त्यो अत्यन्तै पीडादायी हुन्छ । हामीले यो खेल आफ्नै कारण हारेका हौं । विपक्षी हामीभन्दा राम्रो भएर हारेको होइन ।’
ठीक विपरीत पेप ग्वार्डिओलाको सिटी भने सबैखाले प्रतियोगितामा गरी ११औं खेलसम्म शतप्रतिशत नतिजायात्रालाई निरन्तरता दिन सफल भयो । जुन सिटीको क्लब कीर्तिमान हो । कीर्तिमानी विजययात्रा कायम गर्ने क्रममा ग्वार्डिओलाको टोलीले लिगअन्तर्गत घरेलु मैदानमा सम्पन्न पछिल्ला चार खेलमा २० गोल गरिसकेको छ ।
‘विजयी मानसिकतालाई निरन्तरता दिइरहन सक्दा म अत्यन्तै खुसी छु । लगातार ११ खेल जित्न पक्कै पनि सहज हुँदैन । हामीले यो कठिन काम गरेका छौं, यही लयलाई निरन्तरता दिनु हाम्रो चुनौती हो,’ ग्वार्डिओलाले भने ।
इङ्लिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा ब्राइटन एन्ड होभ अल्बियनले वेस्ट ह्याम युनाइटेडलाई ३–० को नतिजामा हराउँदा न्युक्यासलले क्रिस्टल प्यालेसमाथि १–० को विजयी नतिजा निकाल्यो । यसै गरी बर्नमाउथले स्टोक तथा लेस्टरले स्वान्सीलाई २–१ को समान अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेस्ट ब्रोममाथि १–० को जित हासिल ग¥यो ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App