१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बार्सिलोनाको पकड बलियो

बार्सिलोना- क्याटालोनियामा चलिरहेको राजनीतिक विवादलाई बेवास्था गरी बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष स्थानमाथिको पकड बलियो बनाउँदै शनिबार क्याम्प नोउमा मालागामाथि २–० को जित हासिल गरेको छ ।
स्पेनिस प्रधानमन्त्री मारियानो राजोएले शनिबार काटालोनियाको पृथक्तावादी सरकारलाई मड्रिडले खारेज गर्दै अर्ध स्वायत्त क्षेत्रमा नयाँ निर्वाचन गराउने घोषणा गरेका थिए । त्यसको विरुद्धमा बार्सिलोनाको सडकमा ४ लाख ५० हजार स्वतन्त्रताका पक्षधरहरूले चर्को विरोध प्रदर्शन गरेका थिए । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले क्लब कुनै पनि खालको राजनीतिक लडाइँमा नलाग्ने बताएका थिए ।
‘हामी कुनै पनि खालको राजनीतिक द्वन्द्वमा साधनका रूपमा उपयोग हुने छैनौं । सही वा गलत जे भए पनि हामी राजनीतिक लडाइँभन्दा फुटबलमै केन्द्रित हुनेछौं,’ बार्टोमेउले बार्सिलोनाको वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
क्लबले क्याटालोनियाको आत्मनिर्णयको अधिकारको पक्षमा आफूलाई उभ्याएको थियो । तर त्यसको पक्ष वा विपक्षमा भौतिक उपस्थितिका लागि भने अस्वीकार गर्दै आएको छ । जसका कारण दुवै पक्षबाट बार्सिलोनाको तटस्थ बस्ने निर्णय आलोचित हँुदै आएको छ । तर तटस्थताको नीतिका लागि बार्टोमेउले साधारणसभामा भने कुनै आलोचना खेप्नु परेन । उनले प्रस्तुत गरेका सबै प्रस्ताव साधारणसभाले सर्बसम्मत रूपमा पास ग¥यो । साधारणसभामा २०१७÷१८ सिजनमा क्लबले कीर्तिमानी १ अर्ब ६ करोड डलर आम्दानी गरेको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
क्लबको तटस्थता नीति मैदानमा पनि खेलाडीले लागू गर्दा टोली जारी सिजनमा घरेलु ला लिगा तथा च्याम्पियन्स लिग गरी १२ खेलमध्ये शनिबार ११औं जित हासिल गर्न सफल भयो । जितपछि टोली दोस्रो स्थानको भ्यालेन्सियालाई ४ अंकले पछि पार्न सफल भयो ।
मालागाविरुद्धका पछिल्ला ६ मध्ये चार खेलमा विजय हासिल गर्न बार्सिलोना असफल भएको थियो । तर शनिबार दोस्रो मिनेटमै जेरार्ड डोउलेफुले दिलाएको अग्रतामा आन्द्रियास इनियस्टाले ५६औं मिनेटमा गोल थपेपछि बार्सिलोनाको जित पक्का भएको थियो ।
‘पछिल्ला ६ दिनमा यो हाम्रो तेस्रो खेल थियो । जसका कारण हाम्रो टोलीमा स्वाभाविक रूपको ताजगी थिएन । बलमाथि हाम्रो नियन्त्रण भए पनि गोलका लागि पेनिट्रेट गर्न सकिरहेका थिएनौं,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले भने, ‘दोस्रो हाफमा हामी सुधारिएको प्रदर्शनसाथ प्रस्तुत भयौं । हामीले दोस्रो हाफमा तीव्र गतिमा खेल्दै लय समात्यौं । जसका कारण जित सहज बन्यो । लगातारको खेलबाट थकित टोलीले तीन अंक लिनु ठूलो उपलपब्धि हो । हामीले त्यो हासिल गरेका छौं ।’
शीर्ष स्थानका लागि बार्सिलोनाको निकट प्रतिद्वन्द्वीका रूपमा आफूलाई उभ्याइरहने क्रममा भ्यालेन्सियाले सेभियामाथि ४–० को जित निकाल्यो । पेरिस सेन्ट जर्मनबाट लोनमा आएका गोन्कालो गुइडेसले सनसनीपूर्ण फर्मलाई निरन्तरता दिने क्रममा शनिबार मास्टेला रंगशालामा मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा भ्यालेन्सियालाई अग्रता दिलाए । दोस्रो हाफको छैटौं मिनेटमा सिमोन जाजाले जारी सिजनमा ला लिगामा व्यक्तिगत गोलसंख्या ८ पु¥याउने क्रममा टोलीको अग्रता दोब्बर पारे । सान्ती मिनाले समय सकिन पाँच मिनेट बाँकी रहँदा टोलीको तर्फबाट तेस्रो गोल गरे भने गुइडेसले इन्जुरी समयमा टोलीको चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा रियाल बेटिसले आल्भेसमाथि २–० को जित हासिल ग¥यो भने लेभान्टेले गेटाफेसँग १–१ को बराबरी नतिजा निकाल्यो । एन्टोनियो सानाब्रियाको गोलमा १३औं मिनेटमा अग्रता लिएको घरेलु टोली बेटिसले समय सकिन १५ मिनेट बाँकी रहँदा विपक्षी खेलाडी एलेक्सिसबाट आत्मघाती गोलको उपहार पाएको थियो ।
उता फाइकल फाजरले भ्रमणकारी गेटाफेलाई लेभान्टेमा ५८औं मिनेटमा अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि जोसे लुइस मोरालेसले घरेलु टोलीका लागि बराबरी गोल गरे । 

प्रकाशित: ६ कार्तिक २०७४ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App