८ वैशाख २०८१ शनिबार
समाज

बालिका बलात्कारपछि हत्या अभियोगमा युवक पक्राउ

उदयपुर— नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

युवकले बोकेर खेलाउँदै हिडेकोकेही घण्टापछि सोही ठाउँकी निरुता राई घर नजिकै तोरीबारीस्थित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। खेलाउँदै लगेर बालिकालाई तोरीबारीमा बलात्कार गर्दा ज्यान गएको हो वा बलात्कारपछि हत्या गरेको भन्ने यकिन भने नभइसकेको अनुसन्धानरत प्रहरीको भनाई छ।

स्थानीय देवकुमार राईका अनुसार खेलाइरहेको बालिका एक्कासि हराएपछि खोजतलास गर्दा मृत फेला परेपछि बच्चा खेलाउने राईको खोजी गर्दा बालिकाकै घरमा उनी सुतिरहेको भेटिएको थियो। मृतक बालिकाको शब आाईतबार राति जिल्ला अस्पताल उदयपुरमा बुझाइएको छ।

प्रकाशित: ६ कार्तिक २०७४ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App