१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रसुवामा तीन महिलाको उम्मेदवारी

रसुवा – मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि रसुवामा तीन जना महिलाको उम्मेदवारी परेको छ। 
आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा राजनीतिक दलको तर्फबाट एक जना र स्वतन्त्र रुपमा दुई जना महिलाको नाम दर्ता भएको हो। 

जिल्लामा रहेका राजनीतिक दलले प्रतिनिधि सभातर्फ महिलाको नाम सिफारिस नगरेपछि सिदर याङ्जेन तामाङ र सर्मिला थापा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

दलले महिलालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ स्थान नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी क्षेत्रीले बताइन। 

प्रदेशसभाको लागि भने नेपाल मजदुर किसान पार्टीले राधिका पौडेललाई उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचनमा उपमा मात्र स्थान दिएका राजनीतिक दलले यो पटक पनि समानुपातिकमा मात्र सिफारिस गरेपछि नेतृहरूमा असन्तुष्टी बढेको छ। 

गठबन्धन बन्नुपूर्व नै नाम छनोट प्रक्रियामा समेत दलले महिलालाई स्थान दिएका थिएनन्। 

प्रकाशित: ६ कार्तिक २०७४ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App