वाम गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

सोमबार, ०६ कार्तिक २०७४, १५ : ४४ नागरिक


बागलुङ – आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। 

नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ। प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको हो। 

वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन्। काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ। क्षेत्र नं २ बाट भने पूर्व सांसद नीरज पुन उम्मेदवार बनेका छन्। यस्तै, काँग्रसबाट क्षेत्र नं १ को प्रदेश सभा (क) मा जिल्लाका पार्टी सभापति दीपेन्द्रबहादुर थापा र (ख० मा पूर्व सांसद प्रकाश शर्मा ‘पौडेल’ चुनावी प्रतिस्पर्धामा छन्। 

काँग्रेसले क्षेत्र नं २ को प्रदेश सभा (क) मा मञ्जेशबम मल्ल र (ख) मा जित शेरचनलाई उम्मेदवार बनाएको छ। 

यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट नेकपा एमाले का सूर्य पाठक र क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल उम्मेदवार बनेका छन्। यस्तै, क्षेत्र नं १ को प्रदेश सभा (क)मा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, (ख) मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी मैदानमा छन्। 

क्षेत्र नं २ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ र (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको उम्मेदवारी परेको छ। नेपाली काँग्रससँगै संघीय समाजवादी पार्टी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), नयाँ शक्ति पार्टीलगायतले पनि एकल उम्मेदवारी दिएका छन्। साना दलसहित गरेर १० दल र तीन स्वतन्त्र गरी ३१ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा भने वाम गठबन्धन र नेपाली काँग्रेसबीच हुने भएको छ। 

अन्य दलतर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा संघीय समाजवादी फोरमबाट महेन्द्र जिसी, राप्रपा राष्ट्रवादीका सुमनजंग राजभण्डारी, नेकपा मालेका नीरबहादुर क्षेत्री र नयाँ शक्ति पार्टी नेपालबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको छ । यस्तै, गंगा थापा र पूर्णबहादुर पौडेल क्षेत्रीले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन्। यस्तै सो क्षेत्रको प्रदेश सभा (क) मा समाजवादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रवादीका जयलाल सापकोटा र नयाँ शक्ति पार्टी नेपालका कृष्ण शर्माको उम्मेदवारी परेको छ। 

यस्तै प्रदेश सभा (ख) मा नयाँ शक्ति पार्टी नेपालका युनिसको उम्मेदवारी परेको छ। क्षेत्र नं २ बाट प्रतिनिधि सभा चुनावका लागि समाजवादी फोरमका यामबहादुर घर्तीमगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नीलबहादुर पुनले उम्मेदवारी दिएका छन्। यस क्षेत्रबाट धनबहादुर विक ‘हिमाल’ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन्। 

माओवादी केन्द्र निकट विकले वाम गठबन्धनको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ। उक्त क्षेत्रको प्रदेश सभा (क) मा संघीय समाजवादी फोरमका वीरबहादुर दर्जी पनि चुनावी मैदानमा छन्। प्रदेश सभा (ख) बाट संघीय समाजवादी फोरमका यमकुमार पुन, नयाँ शक्ति पार्टी नेपालका टेकबहादुर कुँवर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर विक उम्मेदवार बनेका छन्। 

यस्तै, दधिराम शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन्। एमाले निकट नेता शर्माले पनि वाम गठबन्धनको नाममा आफूलाई उम्मेदवार बन्नबाट वञ्चित गराएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...

श्रेयाको ‘मनचरी’ सार्वजनिक

श्रेयाको ‘मनचरी’ सार्वजनिक

गायिका श्रेया सोताङको मनचरी बोलको गीत सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले...

आकाशमा धुलो धुवाँको संगीत

​ गार्इ पाल्यो रेलीमाई बनको बाघलाई छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई... ...

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९...