८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प अहिलेसम्मकै खतरा राष्ट्रपति

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिलेसम्मकै खतरा राष्ट्रपति भएको अमेरिकी डेमोक्रेटिस् पार्टीका प्रमुख टम पेरेजले बताएका छन्। 

उनले राष्ट्रपति ट्रम्पमाथि कडा शाब्दिक प्रहार गर्दै राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासमा नै एक खतरा राष्ट्रपति भएको बताएका हुन् । ट्रम्प  राष्ट्रपतिको रूपमा गत फ्रेबुवरीमा निर्वाचित भएका थिए । ट्रम्प  राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि पहिलोपटक पार्टीको राष्ट्रिय स्तरको सम्मेलनमा बोल्दै पेरेजले राष्ट्रपति ट्रम्प अमेरिकाको इतिहासमा नै एक खतरा राष्ट्रपति भएको दाबी गरेका हुन्।  

अमेरिकी कंग्रेस प्रतिगामी राजनीतिक दल रहेको उनले आरोप लगायका छन्। उनले वर्तमान समयमा अमेरिकामा मौलाउँदै गएको भ्रष्टाचार माथि समेत असन्तुष्टि व्यक्त गरे।  

राष्ट्रपति ट्रम्प आप्रवासन नीति तथा उत्तर कोरियाप्रति कडा रूपमा देखिएका छन्। 

प्रकाशित: ६ कार्तिक २०७४ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App