४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

कुन्दुज – अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्। 

अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज प्रान्तमा आठ र बादख्शान प्रान्तमा छ जना आतंककारीको मृत्यु भएको छ। 

यस कारबाहीको तालिवान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। ती क्षेत्रमा उनीहरूका हिंसात्मक क्रियाकलाप बढेपछि सेनाले हवाई र स्थलगत रुपमा कारबाही थालेको थियो। 

अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिन अघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो । पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरूले हिंसात्मक क्रियाकलाप जारी राखेका छन्। 

सोही कारण अफगान सेना र प्रहरीले पनि तालिवान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ। त्यसैगरी उत्तरी फारयाब प्रान्तमा पनि केही तालिवान लडाकू मारिएको समाचारमा जनाइएको छ। 

उक्त कारबाहीको समाचार आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ। सो क्षेत्रमा पनि केही तालिवान मारिएको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ६ कार्तिक २०७४ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App