७ वैशाख २०८१ शुक्रबार
खेल

लामिछाने, शेख, केसी र भण्डारी महँगा

काठमाडौं- ट्वान्टी–२० स्वरूपको क्रिकेट प्रतियोगिता इपिल दोस्रो संस्करणको अक्सन सोमबार सम्पन्न भएको छ । अक्सनका लागि १ सय ६० जना खेलाडीले नाम दर्ता गराए पनि पूर्वकप्तान विनोद दासको नेतृत्वमा भएको प्राविधिक कमिटीले ९० खेलाडीलाई ए, बी र सी गरी तीन समूहमा विभाजन गर्दै अन्तिम अक्सनमा राखेको थियो । उक्त खेलाडीका लागि काठमाडौं किङ्स एक्सआई, चितवन टाइगर्स, पोखरा राइनोज, ललितपुर प्याट्रोइट्स, विराटनगर वारियर्स र भैरहवा ग्ल्याडियटर गरी विभिन्न ६ फ्रेन्चाइज टोलीले आफ्नो क्लबमा भिœयाउन प्रतिस्पर्धा गरेका थिए ।
सहभागी ६ टोलीले अक्सनमार्फत १०÷१० जना खेलाडी भिœयाएका हुन् । प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले खेलाडी भित्र्याउन १० लाखसम्मको सीमा तोकिएको थियो ।
प्रत्येक टोलीमा एक माक्र्यु खेलाडी, १० अक्सनबाट छानिएका खेलाडी, तीन जना विदेशी र एक स्थानीय खेलाडी गरी १५ जना सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि यसअघि नै शरद भेस्वाकर, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचन गरी ६ खेलाडीलाई क्रमश भैरहवा ग्ल्याडियटर, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंस एक्सआई , ललितपुर प्याट्रोइट्स र पोखरा राइनोजले माक्र्यु खेलाडीका रूपमा भिœयाइसकेका छन् ।
प्रतियोगिताको नियम अनुसार समूह ‘ए’ का खेलाडीका लागि न्यूनतम १ लाखदेखि अत्यधिक १ लाख ७५ हजार रकम, ‘बी’ का खेलाडीका लागि न्यूनतम ७५ हजारदेखि १ लाख २५ हजार रकम र ‘सी’ का खेलाडीका लागि न्यूनतम ५० देखि ७५ हजारसम्मको रकम सीमा तोकिएको थियो ।
अक्सनमा सन्दीप लामिछाने, अरिफ शेख, करन केसी र विनोद भण्डारी ४ सर्वाधिक महँगा खेलाडी बने । भण्डारीलाई पोखरा राइनोजले, लामिछानेलाई ललितपुर प्याट्रोइट्सले, शेखलाई भैरहवा ग्ल्याडियटर्स र केसीलाई विराटनगर वारियर्सले सर्वाधिक १ लाख ७५ हजार रुपैयाँमा भिœयाएका थिए ।
प्रदीप ऐरी र वसन्त रेग्मी दोस्रो महंगो खेलाडी बने । ऐरीलाई भैरहवा ग्लयाडियटर्स र रेग्मीलाई विराटनगर वारियर्सले १ लाख ६० हजार रुपैयाँ खर्चेका थिए । त्यस्तै काठमाडौं किङ्स एक्सआईले सागर पुन र पोखरा राइनोजले अलराउन्डर मेहबुब आलमलाई १ लाख ५० हजार खर्चेका थिए ।
विदेशी खेलाडीको घोषणा हुन बाँकी छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App