७ वैशाख २०८१ शुक्रबार
अर्थ

कात्तिक १६ बाट चीन, दक्षिण एसिया मेला

काठमाडौं- चीन दक्षिण एसिया एक्सपो (मेला) नेपालमा हुने भएको छ । चीन दक्षिण एसिया मेला सचिवालय र युनान अन्तर्राष्ट्रिय एक्सपोजिसन मामिला ब्युरोले भृकुटीमण्डपको प्रदर्शनीस्थलमा कात्तिक १६ देखि १९ सम्म मेला गर्न लागेको हो ।
नेपालमा उत्पादित हस्तकलाको बजार प्रवद्र्धन गर्ने र चिनियाँ प्रविधिलाई नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला सह–आयोजक नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष प्रविन शाहीले जानकारी दिए । आइतबार परिषद्ले राजधानीमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको हो ।
सन् २००३ देखि कुनमिङमा आयोजना हुँदै आएको मेला पहिलोपटक नेपालमा हुन लागेको परिषद्का अध्यक्ष शाहीले बताए ।
‘मेलाले नेपालको अर्गानिक उत्पादनका साथै हस्तकलाको बजार प्रवद्र्धन गर्नेछ । मेलामा दुई सयजना चिनियाँ प्रतिनिधि र व्यवसायी आउँदा नेपालको पर्यटन प्रवद्र्धनमा समेट टेवा पुग्छ,’ परिषद्का अध्यक्ष शाहीले भने, ‘यो अन्तर्राष्ट्रिय मेला हो । मेलाले नेपाली उद्योगी, व्यापारी, उद्यमी र घरेलु उद्यमीलाई समेत नयाँ प्रविधि प्रयोग गर्ने वातावरण तय हुन्छ ।’
मेलामा एक सय ५० वटा स्टल रहने छन् । सबै स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । स्टलमा खनिज विकास, इलेक्ट्रोनिक तथा सूचना प्रविधि, जैविक विविधता, औषधि, संस्कृति पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन र उपकरण, चिया उत्पादन, विदेशी उत्पादन,  हस्तकला, जातीय भेषभूषा, खाद्य संस्करण, खाद्य प्याकिङ मेसिन समावेश गरिएको छ । यस्तै, नेपालको तर्फबाट रत्नका गहना, छालाका सामान, गार्मेन्ट, चिया, कफी, जुत्ता, हस्तकला प्रदर्शन गरिने छ ।
मेलाको उद्घाटन सत्रमा ‘बेल्ट एन्ड रोड’को विषयमा महिला उद्यमीबीच कार्यशाला समेत हुनेछ ।
मेलामा चीन युनान प्रान्तको डाइकिङ प्रान्तले स्थल पर्यटन प्रवद्र्धन र मौलिक नृत्य तथा सांस्कृतिक कला प्रस्तुत गर्नेछ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App