८ वैशाख २०८१ शनिबार
खेल

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लन्डन- लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

मेसीले भने १९.२५ र नेइमारले ६.९७ प्रतिशत मत प्राप्त गरे। रोनाल्डो आबद्ध क्लब रियल मड्रिडले गत वर्षको सिजनमा च्याम्पियन्स लिग र ला लिगको उपाधि जितेको थियो। उक्त उपाधि जिताउन ३२ वर्षीया रोनाल्डोले राम्रो भूमिका निर्वाह गरेका थिए। 

दोस्रोपटक उपाधि जितेको रोनाल्डोले यो क्षण जीवनको महत्वपूर्ण भएको बताए।

प्रकाशित: ७ कार्तिक २०७४ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App