coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अहिलेसम्मकै शक्तिशाली मिसाइल परीक्षण गर्दै रूस

मस्को – रूसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभले रूसले विश्व नै खलबलाउने एसएटीएएन २ नामक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेका छन्। 

उक्त मिसाइल प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्न सक्ने रूसी रक्षा अधिकारीहरूको दाबी छ । उक्त क्षेप्यास्त्रले एक पटकको प्रहारमा फ्रान्सको क्षेत्रफल बराबरको भू —भागलाई नष्ट पार्न सक्नेछ। 

यस मिसाइलको प्रहारले अमेरिकाका सम्पूर्ण मिसाइल प्रणालीहरू समेत फेल हुने दाबी रूसी अधिकारीहरूको छ । रुसका अनुसार उक्त मिसाइल नै संसारको शक्तिशाली मिसाइल हो। 

उक्त मिसाइललाई नाटोले शैतान २ नाम दिएको छ भने रूसले त्यसलाई आरएस २८ सर्मत नाम दिएको छ । उक्त मिसाइल परीक्षणको सम्पूर्ण तयारी सकिसकेको रूसी रक्षा प्रमुखले दाबी गरेका छन्। 

रूसले उक्त मिसाईल परीक्षणबारे सम्पूर्ण तयारी सकेको  र अब केही समय पछि नै उक्त मिसाईल परीक्षण गर्ने बताएपछि अमेरिका आतिएको रूसी सञ्चार माध्यमहरूले बताएका छन्। 

प्रकाशित: ८ कार्तिक २०७४ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App