पृथ्वीनारायण शाहलाई बुझ्ने दृष्टिकोण

बिहिबार, ०९ कार्तिक २०७४, १२ : २१ लक्ष्मण पन्त


केही लेखक र बुद्धिजीविहरुको यो मान्यता रहेको पाइन्छ कि पृथ्वीनारायण शाहले   राज्य विस्तार अभियान अघि बढाएको कुरा साँचो हो तर उनको राज्य विस्तार अभियानको उद्देश्य एकीकरण थिएन ।   यो त झनै हास्यास्पद तर्क हो । १७४६ देखि १७७५ सम्म पृथ्वीनारायण शाहको अगुवाई र  र त्यसपछि बहादुर शाह र भीमसेन थापाको शासनकालमा   टिष्टा देखि काङ्गडासम्म अङ्ग्रेज र उनीहरुका अधिकांशतः समर्थक भारतीय राजा–रजौटाहरुलाई पराजित गरेर निर्माण  भएको ‘गोरखाराज्य’  राज्यविस्तार र एकीकरणका कारणले पैदा गरेको परिणाम थिएन भने अरु के थियो ? यस प्रश्नको जवाफ ती स्वनामधन्य इतिहास–लेखक र बुद्धिजीविहरुसँग छैन। गोर्खालीहरुको एकीकरण अभियानलाई  गलत ठान्ने मान्यताले कसैले चाहोस् वा नचाहोस्  जोकोहीलाई पनि अङ्ग्रेजपरस्त बनाई दिन्छ । यस सन्दर्भमा  निम्न तथ्यहरु मननीय छन्:

 नेपालका आदिवासी–जनजातिविरुद्ध हिन्दू बाह्मणवादी राज्यसत्ताले गरेको उत्पीडनको विषयलाई प्रकाशमा ल्याउने आदिवासी–जनजातिका आफूलाई  प्रतिनिधि बताउने कतिपय बुद्धिजीविहरुका अतिरिक्त  र तराई–मधेशका जनताका स्वघोषित प्रतिनिधिहरु जसले आफूलाइ मधेशी भन्ने गरेका छन्,  उनीहरुले  आफ्ना    लेख र थीसिस्हरुमा  बेलायती औपनिवेशिक नीतिविरुद्ध  एक शब्द पनि खर्चेको पाइदैन । आन्तरिक राष्ट्रिय स्वतन्त्रताको मुद्दा उठाउनेहरुले बाह्य राष्ट्रियताका बारेमा मौन साध्ने गरेका छन् ।  आदिवासी–जनजातिका आफूलाई अगुवा बताउन मन पराउने बुर्जुवा लेखक–बुद्धिजीविहरुले भाडाका सिपाहीका रुपमा बेलायती र भारतीय सेनामा भर्ती हुनका लागि विगतका शासकहरुले बाध्य पारेका (तथा वर्तमान शासकहरुले निरन्तरता दिएका)  मूलतः आदिवासी–जनजाति र अन्य समुदायसमेतका युवाहरुलाई भर्ती हुनबाट रोक्नका लागि कुनै  व्यवहारिक कदम चालेको वा अभियानको सञ्चालन गरेको पनि पाइ“दैन ।  यहा“सम्म कि कम्युनिष्ट पार्टीकै भातृ सङ्गठनका रुपमा क्रियाशील कतिपय त्यसप्रकारका सङ्घ–संस्थाहरुले ‘गोर्खा भर्ती’  बन्द गराउने विषयमा दुई शब्द बोलेको कहीं–कतै पाइ“दैन । मननीय छ कि  कम्युनिष्ट पार्टीको गठनका चालीसका  दशकहरुमा ‘गोर्खा भर्ती’ बन्द गरिनु पर्ने एउटा  मुख्य मागका रुपमा  रहेको थियो । आरम्भिक दिनहरुमा नेपाली काङ्ग्रेससहित प्रायः सबै नेपालका राजनीतिक दलहरुको समेत यो मुख्य माग र नाराका रुपमा रहेको थियो । यो सन्जोग हुन सक्तैन कि ती स्वनामधन्य अगुवाहरुको  एकोहोरो जोड आन्तरिक राष्ट्रियतामा रहेको हुन्छ, बाह्य उत्पीडन बारे उनीहरु मौन रहन्छन् । यसरी मौन रह“दा उनीहरुमाथि डलरवादी भएको भनेर लाग्ने गरेको आरोप सच्चाईको नजिक देखा पर्दछ ।  वास्तविकता त यो हो कि आज नेपाल र नेपालीका सम्मुख राष्ट्रियता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई बचाउने कार्यभार सर्वाधिक महत्वको कार्यभार बन्न गएको छ। आन्तरिक राष्ट्रियताको मुद्दाका अतिरिक्त बाह्य राष्ट्रियताको ज्वलन्त मुद्दालाई उठाएमात्र उनीहरुमाथि डलरवादी भनेर लाग्ने गरेका आरोपहरुको स्वतः खण्डन हुन जानेछ । त्यसैगरी राष्ट्रियताहरुमाथिको  उत्पीडन र वर्गीय उत्पीडन (वर्गीय तथा राष्ट्रियताहरु)को मुद्दालाई साथसाथ उठाएर मात्र नेपालमा राष्ट्रियताहरुमाथि राज्यले गरेको उत्पीडन र भेदभावको अन्त गर्न सकिन्छ।

 एकीकरण र राष्ट्रियताको प्रश्न

राज्यविस्तार र एकीकरणको सन्दर्भमा यो तथ्यलाई पनि उपेक्षा गर्न मिल्दैन कि   अठारौं शताब्दीको परिवेशमा नेपालमा भौतिक तथा आत्मिक विकासको जुन स्तर विद्यमान थियो त्यसमा ससाना कविलाई राज्यहरुलाई एउटै प्रशासनिक नियन्त्रणमा राख्नु नेपालको अस्तित्व र विकासको अनिवार्य शर्त थियो । इतिहासको त्यो कालखण्डमा  आधुनिक हिसाबको राष्ट्र«–राज्य निर्माण टाढाको विषय थियो । विश्वभरी नै धार्मिक, सांस्कृतिक र सामाजिक आधारमा राज्यहरु निर्माण भईरहेको त्यस अवधिमा आधुनिक राष्ट्र–राज्यको अर्थमा  राजनीतिक रुपमा राष्ट्र– राज्य निर्माण हुन सम्भव थिएन । राष्ट्र–राज्यको अवधारणा अठारौं शताब्दीको अन्ततिर फ्रान्सिसी क्रान्तिपछि नै विकसित भएको अवधारणा हो ।  ‘नेश्नलिज्म् इन यूरोप’ का लेखक ओलिभर जिमर भन्छन् – राष्ट्रियताको अवधारणा आधुनिक अवधारणा हो जस्को विकास यूरोपमा अठारौं शताब्दीको अन्ततिर मात्र भएको हो । ओलिभर जिम्मर पालग्रेभ, नेश्नलिज्म इन यूरोप १८९०–१९४०, न्युयोर्क २००३, पृष्ठ ५  यसभन्दा पूर्व विस्तारमा उल्लेख भैसकेको छ कि कसरी समकालीन समाजमा  इलाका कब्जा र राज्य विस्तारका लागि लडिने युद्धको सम्बन्ध अनिवार्यतः  जमीन, व्यापार, सामाजिक सम्मान र  सत्तासँग जोडिएको थियो । दिनरात हाड घोटेर पनि आनो र परिवारको जिउ धान्न धौधौ हुने निर्वाहमुखी उत्पादनको स्तर रहेको पहाडी समाजमा युद्ध तुलनात्मक रुपमा सुविधाजनक र सम्मानजनक पेशा थियो जसबाट हुने आम्दानी – जमीन– विद्यमान कृषि र पशुपालनबाट प्राप्त हुने उत्पादनको तुलनामा आकर्षित हुन्थ्यो ।  राज्य विस्तार अभियान अगाडि बढ्दै गर्दा  नुवाकोट विजयपछि गोर्खाभन्दा बढी उर्वर जमीन हासिल भएको थियो ।   मकवानपुर विजयपछि तराईकै झन् उर्वर भूमि गोर्खालीहरुको हात लागेको थियो । यसले युद्धप्रति समाजमा अझ आकर्षण पैदा गराएको थियो ।  यूरोपीय वा विश्वका अन्य भुभागहरुमा जस्तै नेपालमा पनि युद्ध एउटा ‘बहुउद्देश्यीय उद्यम’   (Multipurpose Enterprise)  ऋषिकेश शाह, मोडर्न नेपाल, भोल्युम वान, पृष्ठ २१६ बनेको थियो । तसर्थ पृथ्वीनारायण शाहले राष्ट्रियताको भावनाबाट ओतप्रोत भएर  तथा राष्ट्र निर्माणको अभिभारालाई केन्द्रबिन्दुमा राखेर इलाकाहरु कब्जा गर्ने सैन्य अभियान सञ्चालित गरेका थिए वा  थिएनन् भन्ने विषयबाट राष्ट्र निर्माणबारेको बहस उठान गर्नु ऐतिहासिक विकास प्रक्रियाको अनुरुप हु“दैन । यस्तो  प्रश्न गर्नु भनेको भर्खर कखरा सिक्तै गरेको बालकलाई एस.एल.सी.का प्रश्नहरु सोधेसरह हुन्छ  ।  राष्ट्र–राज्य उन्नीसौं शताब्दीको अवधारणा हो ।  मध्य युगमा मानिसहरुलाई आफ्नो राष्ट्रका बारेमा वा आफू कुनै राष्ट्र विशेषको वासिन्दा भएको  कुनै जानकारी थिएन । उनीहरु आफ्ना गाउ“हरुमै बसोबास गर्ने गर्दथे । कृषि र पशुपालनबाट  उनीहरुले आफ्नो जीविकोपार्जन गर्दथे । आफ्नो गाउ“भन्दा बाहिरको क्षेत्रबारे उनीहरुलाई कुनै जानकारी हुँदैनथ्यो। राजाहरुले आफ्नो शासन स्थानीय सामन्तहरु मार्फत् गर्ने गर्दथे । 

 आमरुपमा  नेपाली इतिहास–लेखकहरुले पृथ्वीनारायण शाहले राष्ट्रवादी भावनाले ओतप्रोत भएर एकीकरणलाई अघि बढाएको उल्लेख गरेका छन् र उनलाई  राष्ट्रवादी चित्रित गरेका छन् । ‘दिव्य उपदेश’मा पृथ्वीनारायण शाहले अङ्ग्रेजहरुस“ग सचेत रहने, विदेशी मुद्रा बाहिर जान नदिनका लागि देशभित्रै कपडा तयार पार्ने , चौकिल्लाहरुलाई मजबूत बनाएर राख्ने आदि उनले जो निर्देशन दिएका छन् त्यसबाट उनी कट्टर राष्ट्रवादी थिए भन्नेमा दुई मत नहोला,   तर आधुनिक हिसाबको राष्ट्र–राज्यको अवधारणा त्यतिखेरसम्म अस्तित्वमा नभएको  सन्दर्भलाई विचार गर्दा यसबारेमा  महेशचन्द्र रेग्मीको निष्कर्ष सत्यको निकट देखा पर्दछ । उनको विचारमा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको  “..एकीकरण र नेपाल अधिराज्यको स्थापना सामाजिक आर्थिक र राजनैतिक जटिल कारकतत्वहरुको परिणाम थियो ।” महेशचन्द्र रेग्मी, अ स्टडि इन नेपाली इकनमिक हिस्ट्रि, न्यू देहली, १९७१, पृष्ठ ८–९

एकीकरण र जनसमर्थन

घटनाक्रमहरुले के देखाउँछन् भने पृथ्वीनारायण शाहले सञ्चालन गरेको सैन्य अभियान सैनिक भन्दा बढी राजनीतिक तथा कूटनीतिक प्रकृतिको  थियो जसबाट उनले काठमाडांै उपत्यकाका व्यापारीहरुसहित मल्ल राज्यहरुको एउटा हिस्साको समर्थन हासिल गर्न सफल भएका थिए । काठमाडौं उपत्यका शताब्दियौं देखि भारत र तिब्बतबीचको व्यापारको मुनाफाजनक केन्द्र रहेकाले पृथ्वीनारायण शाहले सञ्चालित गरेको  युद्धको मुख्य उद्देश्य त्यस लाभदायक व्यापारलाई कब्जा गरेर राज्यको ढुकुटी वृद्धि गर्नु थियो । काठमाडांैका मल्ल राजाहरु  आपसी झैझगडामा केन्द्रित रहको हु“दा साथै गोर्खालीहरुको निरन्तर नाकाबन्दीका कारण पीडित भएका उपत्यकाका महाजनहरुमा मल्ल राजाहरुले  उनीहरुको व्यापारिक हितको वास्ता गर्दैनन् भन्ने  मनोविज्ञान निर्मित हुन गएको थियो ।   मल्लराजाहरुको प्रवृत्तिबाट दिक्क भएका उपत्यकाका व्यापारीहरुले  बङ्गालको सेना तथा अङ्ग्रेजहरुसमेतलाई पराजित गर्न सफल उदीयमान गोर्खालीहरुलाई सघाउन पुगेका थिए ।  नाकाबन्दीबाट चौपट हुन पुगेको उनीहरुको व्यापार गोर्खालीहरुको शासनमा फस्टाउने उनीहरुको विश्वास थियो ।     त्यसैले उनीहरुले पतनोन्मुख मल्लहरुको साटो उदीयमान गोर्खालीहरुलाई साथ दिनु स्वाभाविकै थियो । जनता बलिया भए दरबार बलियो हुन्छन् भन्ने पृथ्वीनारायण शाहको मान्यता थियो ।  शाहवंशीय राजाहरु ‘ईश्वरीय शक्ति’का आधारमा राजा बन्दछन् भन्ने  मान्यता समाजमा रहिरह“दा  पृथ्वीनारायण शाह राज्यका प्रमुख बनेका थिए । धार्मिक तथा सांस्कृतिक मान्यतानुसार राजाको स्थान  जनता,  राष्ट्र र   नियम–कानून भन्दा माथि थियो । यसका बावजूद,  पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’लाई आधार मान्ने हो भने उनले जनताको मर्जीबाट नै शाासन चलाउनु पर्दछ भन्ने नीति अवलम्बन गरेका पाइन्छ । पृथ्वीनारायणको कार्यकालमा  समकालीन यूरोपीय समाजमा उदीयमान व्यापारी वर्गले सामन्तवादलाई चुनौती दिई रहेको अवस्था थियो । यूरोपमा युगौंदेखि व्याप्त अन्धविश्वासको ठाउ“ ज्ञानविज्ञानको प्रचार–प्रसार भइरहेको थियो । त्यहा“ सामन्ती उत्पीडनका ठाउ“मा पू“जीवादी प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । यूरोपको त्यो  वातावरणको प्रभाव नेपालजस्तो विकट र दुनिया“बाट कटेको भूभागमा प्रभाव पर्ने कुरा  असम्भवप्रायः नै लाग्दछ  तर पनि जनतामा आधारित रहेर शासनसत्ता सञ्चालित गर्ने पृथ्वीनारायण शाह को मान्यता कम महत्वपूर्ण थिएन । उपरोक्त विवरणबाट पृथ्वीनारायण शाहको राज्य विस्तार फगत सैन्यीकरणको परिणाम थियो भन्ने बुझाई तथ्यगत देखिंदैन ।

ऐतिहासिक भौतिकवादी  मूल्याङ्कन

केही अपवादबाहेक इतिहास–लेखकहरुले पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता बताएका छन् ।  पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई कतिपय यूरोपीय लेखकहरुले उन्नीससौ शताब्दीको आरम्भमा फौजीकरण ठहर गरेजस्तै आज  दुई सय चालीस वर्षको राजतन्त्रको अन्तपछि फेरी एकपटक पृथ्वीनारायण शाह र उनको नेतृत्वमा सञ्चालित  राज्य विस्तार अभियान÷एकीकरण अभियान  प्रश्नको कठघरामा उभिएको छ । यसपटकको मुद्दा छ ः पृथ्वी नारायण शाहले विभिन्न जातजातिका कविलाई गणतन्त्रलाई फौजी बुटले कुल्चेर उनीहरुमाथि सामन्ती  हिन्दूवादी राज्यसत्ता लादे ।  वैज्ञानिक समाजवादमा अटूट  विश्वास राख्ने तीन दशकदेखि कर्मभूमिमा खटिएको  यो लेखक सामन्तवादको पृष्ठपोषक होइन, न त हिन्दूवाद वा कुनै निरङकुश तन्त्रको समर्थक नै हो । तर पनि पृथ्वीनारायण शाहमाथि लागेको उपरोक्त आरोपमाथि ऐतिहासिक भौतिकवादी कोणवाट विचार गरेर मात्र निष्कर्ष निकाल्नु पर्दछ भन्ने मान्यता नै सही हो ।   

ऐतिहासिक भौतिकवाद इतिहासको भौतिकवादी व्याख्या हो । इतिहासको आदर्शवादी मान्यताअनुसार इतिहास राजा–महाराजाहरु र वीर पुरुषहरुले निर्माण गर्दछन् तर ऐतिहासिक भौतिकवादी मान्यता अनुसार  इतिहास वीर पुरुष र राजा–महाराजाहरुले होइन, आम जनताले निर्माण गर्दछन्  । यो मान्यताअनुसार  वर्गविहीन आदिम साम्यवादी युगबाट उत्पादनका साधन र तदनुसार उत्पादक शक्तिहरुको विकासको क्रममा इतिहास  वर्गमा विभाजन हुन्छ । त्यसस“गै दुई विपरीत स्वार्थ भएका वर्ग (उदाहरणका लागि दास युगमा दास र मालिक, सामन्ती युगमा सामन्त–महासामन्त, भूपति, राजा–महाराजा वा बादशाह र आम किसान, पू“जीवादी युगमा प“ूजीपति र मजदूर आदि ) बीचको अन्तरविरोधलाई नियन्त्रण वा सन्तुलनमा राख्न राज्य (सेना, पुलिस, कानून आदि) को उद्भव हुन्छ । वर्गहरुवीचको अन्तरविरोधले समाजमा गति पैदा हुन्छ । यो गतिले इतिहासको चक्रलाई अगाडि  बढाई दिन्छ । उत्पादक शक्तिहरुको विकासले तदनुरुप उत्पादन सम्बन्धमा बदलावको माग गर्दछ । समाजको विकास आदिम साम्यवादी युगबाट, दासयुग, सामन्ती युग, पूँजीवादी र साम्यवादी युगजस्ता पाँच चरण हुँदै अगाडि बढ्दछ।

इतिहासबारेको उपरोक्त माक्र्सवादी अवधारणालाई पृथ्वीनारायण शाह कालीन नेपालको वर्गबनोट, नेपालमा विद्यमान उत्पादनका साधन तथा उत्पादक शक्तिहरुको तत्कालीन अवस्था एकातिर र अर्कोतिर व्यापारिक पू“जीको बलमा सिङ्गो संसारलाई निल्न अघिबढेको ईष्ट इण्डिया कम्पनीका गतिविधिहरुको पृष्ठभूमिमा लागू गर्दा हामी पाउ“छौं कि इतिहासको  त्यस कालखण्डमा बेलायतलगायतका यूरोपीय देशमा सामन्तवाद र व्यापारिक प“ूजीवादको बीचमा कडा टक्कर थियो । यता  नेपालमा भने सामन्तवादसमेत सुदृढ हुन सकेको थिएन । नेपालमा  आदिम र टुक्रे उत्पादन तथा त्यसमा खडा भएको कविलाई राज्यसत्ता एकातिर थियो भने  अर्कोतिर भारत र तिब्बतबिचको मध्यस्थ व्यापारबाट पैदा भएको व्यापारिक पू“जीले आनो विस्तारका लागि नया“ विशाल  राष्ट्र–राज्यको माग गरेको थियो । यस पू“जीको विस्तारका लागि ससाना भूरे टाकुरे राज्यहरु अवरोध भएका थिए ।  पृथ्वीनारायण शाहको उदय नेपाली समाज विकासको ठीक त्यसै चरण अर्थात् कविलाई सत्ताबाट सामन्ती सत्ता तथा  कमजोर स्वायत्त राज्यको ठाउँमा शक्तिशाली राष्ट्र–राज्यको   आवश्यकता परिपूर्तिका लागि भएको थियो । इतिहासको भौतिकवादी मान्यताअनुसार नेतृत्व  आवश्यकता र संयोगबाट निर्माण हुन्छ ।  पृथ्वीनारायण शाह नेपालमा उदीयमान र सुदृढ हुँदै गरेको  सामन्तवर्गका नेता भएर निस्किनु इतिहासको अपरिहार्य आवश्यकता थियो

 पृथ्वीनारायण शाहको बारेमा चाहे आदर्शवादी कोणबाट हेर्दा  र द्वन्दात्मक भौतिकवादी कोणबाट हेर्दा के देखिन्छ भने उनको राज्य   विस्तार अभियान एउटा ऐतिहासिक आवश्यकता थियो ।  त्यसो नगरेको भए नेपाल नामको मुलुकको अस्तित्व विश्वको नक्शामा रहने थिएन ।   यसरी हेर्दा पृथ्वीनारायण शाहलाई नेपालका  जन्मदाता र निर्माताको उपाधिले विभूषित गर्नु सर्वथा उचित छ।

(पन्तको आधुनिक 'नेपालको इतिहास १७४३-१९५५ महत्वपूर्ण विषयहरुको समीक्षा' पुस्तको अशं, उनको पुस्तक आज सार्वजनिक हुँदैछ।)

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...