८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

केन्यामा राष्ट्रपति चयनका लागि पुनः निर्वाचन

केन्या– केन्यामा  राष्ट्रपति चयनका लागि  पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत  अगस्ट ८ मा भएको  राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।

६ न्यायाधीशहरू मध्ये ४ न्याधिसको टोलीले  निर्वाचन धाँधलीपूर्ण भएको र त्यहाँको निर्वाचन आयोगले संवैधानिक रूपमा निर्वाचन नगराएको निश्कर्ष निकालेको थियो।

निर्वाचनमा  राष्ट्रपति पदका आकांक्षी उहुरू केन्याटा प्रतिद्वन्द्वीभन्दा १४ लाख मतान्तरले विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो।
निर्वाचन धाँधलीपूर्ण भएको भन्दै प्रतिपक्षका नेता राइला ओडिंगाको गठबन्धनले उक्त निर्वाचन परिणामको बदर गर्ने माग गर्दै अदालतमा मुद्दा जाहेर गरेका थिए।

अदालतले पुनः निर्वाचन गराउने फैसला गरे पश्चात् केन्याका जनताले निर्वाचन आयोगका केही प्रतिनिधिहरूले आफुहरूमाथि अपराध गरेकाले उनीहरू माथि कार्वाहीको माग राखेका थिए। अफ्रिकी मुलुक केन्यामा चुनावी एजेन्डाका लागि जातीयता मुख्य पक्ष मानिन्छ।
 

प्रकाशित: ९ कार्तिक २०७४ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App