७ वैशाख २०८१ शुक्रबार
प्रविधि

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो। 

‘स्मार्ट डिजिटल डिभाइसले हाम्रो जीवनलाई सजिलो र चुस्त बनाएका छन् तर यस्ता डिभाइसले हामीलाई निरन्तर बिचलित गराएका प्रमाण समेत भेटिएका छन्,’ अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकास्थित स्टेलेनबोच विश्वविद्यालयका अनुसन्धानकर्ताले भनेका छन्,  ‘त्यसले एकाग्र हुने हाम्रो क्षमतालाई असर पुर्‍याएको छ।’ 

‘स्मार्ट डिजिटल डिभाइसले हाम्रो जीवनलाई सजिलो र चुस्त बनाएका छन् तर यस्ता डिभाइसले हामीलाई निरन्तर बिचलित गराएका प्रमाण समेत भेटिएका छन्,’ अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकास्थित स्टेलेनबोच विश्वविद्यालयका अनुसन्धानकर्ताले भनेका छन्,  ‘यिनले एकाग्र हुने हाम्रो क्षमतालाई असर पुर्‍याएका छन् ।’

विश्वविद्यालय अध्यापनमा डिजिटल टुल प्रयोग गर्नु प्रभावकारी मानिए पनि यो अध्ययनले कक्षा कोठामा विद्यार्थीले अध्ययनका लागि स्मार्ट डिभाइस प्रयोग गर्न नहुने देखाएको छ । अचेल विश्वभर नै कक्षाकोठामा स्मार्ट डिभाइसको प्रयोग बढ्दो छ। 

अध्ययनले कक्षाकोठामा पनि विद्यार्थीले नियमित  फोन प्रयोग गरिरहने देखाएका छन् । ‘तपाईंलाई उनीहरूले लेक्चरका स्लाइड पछ्याइरहेका छन् वा सम्बन्धित विषयमा सहभागी भइरहेका छन् भन्ने लाग्छ भने गलत हो,’ विश्वविद्यालयका ड्यानियल ले रक्स भन्छन्, ‘यो अहिलेसम्मकै सबैभन्दा कठिन अवस्था हो, विद्यार्थीले लेक्चर र कक्षाकोठामा स्मार्टफोन प्रयोग गर्दा उनीहरू साथीसँग कुराकानी गरिरहेका, सामाजिक सञ्जाल चलाइरहेका, युट्युबमा भिडियो हेरिहेका वा वेब ब्राउज गरिरहेका हुन्छन्।’ 

संज्ञानात्मक नियन्त्रण र सिकाइका दृष्टिकोणबाट कक्षाकोठामा स्मार्टफोन चलाउनु उपयुक्त नभएको निष्कर्ष अनुसन्धानको छ । यसका दुईवटा मुख्य कारण रहेको अनुसन्धानकर्ताले जनाएका छन्। 

उनीहरूका अनुसार धेरै काम एकैपटक गर्न खोज्दा हामी प्रमुख काममा ध्यान दिन सक्दैनौ, त्यसले हाम्रो कार्य सम्पादनमा असर गर्छ । हरेक पाँच–पाँच मिनेटमा फोनतर्फ ध्यान दि“दा लेक्चरको विषयवस्तुप्रति ध्यान जा“दैन । यसलाई विभिन्न प्रमाणले पुष्टि गरेका छन्।

दोस्रो कारण, यस्ता डिभाइसको प्रयोगले निकै लामो समयसम्म कुनै पनि विषयमा विद्यार्थीको एकाग्र हुने क्षमतालाई असर गर्छ । विद्यार्थीलाई व्यस्त बनाउन लेक्चर असफल भएपछि विद्यार्थीले स्मार्टफोनतर्फ ध्यान मोड्ने गरेको पनि अनुसन्धानकर्ताको दाबी छ। 

एजेन्सीको सहयोगमा

प्रकाशित: १० कार्तिक २०७४ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App