१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘आँखा खुल्दा डुबिसकेछु पौडिएर बाँचे’

सरिता श्रेष्ठ

धादिङ- र्मिमिरे उज्यालो हुँदै थियो, भारत विहारका गौरीशंकर शर्मा कहिले निदाउँदै कहिले अगाडि हेर्दै त कहिले गीत सुन्दै थिए। बस तीब्र गतिमा थियो एक्कासी आफू चढेको बस नदिमा खस्यो। वरपर गुहार मागे, कसैले सुनेनन्। बिस्तारै पानीबाट पौडिएर नदिमा किनारामा आए । उनी भन्छन् – निद्रामा थिएँ, व्युँझिदा पानीमा रहेछु । सँगै रहेका आफन्तजन खोजे भेटिन, एक्लै रोइकराई गरे। एकछिनपछि प्रहरीहरु आएर उद्दार गरे । उनीसँगै १६ जनालाई प्रहरीले उद्दार गरी अस्पतालमा लगे।

शनिबार बिहान धादिङको गजुरी गाउँपलिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदिमा खस्दा गौरीशंकर पानीमा पौडिएर बाँचे । घाईते भएर अस्पतालमा उपचार गराइरहेका उनी आफन्त सम्झदै भक्कानिन्छन्। उनीसँगै एकै बसमा रहेका हजुरआमा (मामाघरको), उनका मामा, मामाको एक छोराको मृत्यु भयो। अर्कोलाई आफैले बचाँए ।  उनी काठमाडौँमा आल्मुनियम कम्पनीमा काम गर्छन् । छठ मनाएर काठमाडौँ फर्किएका उनी दुर्घटनामा परे । उनको निधारमा चोट लागेको छ। 

छठ मनाएर आमासँगै काठमाडौँ जाँदै गरेका निमिदिति चौधरी र शुभम चौधरी आमा आमा भन्दै अस्पतालको बेडमा रुदै छन्। काठमाडौँको महालक्ष्मीमा पसल गरेर बस्दै आएका उनका आमाको मृत्युपछि दुई छोरी टुहुरो बनेका छन् । अस्पतालका नर्सहरुलाई सम्हाल्न गाह्रो परेको छ । दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्तीका पण्डित रमानाथ झाको सिंगो परिवार नै दुर्घटनामा परेको छ । दुर्घटनामा उनका २ छोरा, बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक धुव्रराज राउतले बताए । तीब्र गतिका कारण दुर्घटनामा परेको राउतले बताए । नदि गहिरो भएको र बस खोचमा झरेका कारण उद्धारमा समस्या भएको छ – उनले भने। 

३१ जनाको मृत्यु

        सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदिमा खसेको थियो । दुर्घटनामा ३१ जनाको मत्यु भएको छ । महिला ९ जना, पुरुष ११ जना, बालक ६ जना र बालिका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु मध्ये २४ जनाको मात्र सनाखत भएको छ । घाईतेका अनुसार राजविराजबाट ना ६ ख १४६६ नम्बरको बसमा यात्रु दिएर आएका थिए ।

        हेटौडामा आएपछि गाडीको पट्टा भाँचिएपछि सोही कम्पनीको ना ६ ख १४६७ नम्बरको बसमा यात्रुलाई पल्टी गरेको थियो । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस समूहले उद्धार कार्य गरेका थिए । दुर्घटना भएको खबर पाउना साथ गजुरी प्रहरीका प्रहरी निरीक्षक बरुण सिंह लगायतको टोली उद्धार कार्यमा संलग्न थिए । ‘दुर्घटना स्थलमा पुग्दा घाईतेहरु गुहार मागिरहेका थिए । यात्रुहरु यत्रतत्र छरिएको थियो । हाम्रो टोलीले उद्दार कार्य सुरु गर्‍यौ ।’ हामी पुग्दा कोही आफै पौडीरहेका थिए। 

        मृत्यु हुनेमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ वर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ वर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ वर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ वर्षिय चन्द्रवती झा रहेका छन् । त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ वर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ वर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला  बोधेवरसाई न.पा २ का ६ वर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ वर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ वर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ वर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ वर्षिय ममतादेबी ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ ।

सिरहा जिल्ला नरहा गाउपालिका १ निवासी ३० वर्षीय उदय मण्डल, सप्तरी वोधवसाई नगरपालिका २ निवासी १३ वर्षीय समिक्षा कुमारी यादव, सप्तरी जिल्ला महदेवा गाउँपालिका ९ निवासी प्रमोद ईशार, सप्तरी जिल्ला कृष्णसोवरन गाउपालिका ४ का ५ वर्षीय समिक्षा यादव, सिराहा जिल्ला लाहान नगरपालिका १ का ३७ वर्षिय प्रभा चौधरी, सप्तरी जिल्ला राजविराज नगरपालिका १३का  विकास निर्माण कार्यदल गण २ प्रा.सु ३० वर्षीय ऋषिखा नन्द, सप्तरी जिल्ला राजविराज नगरपालिका १४ का २० वर्षीय आदित्य झा, सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका २ का ५ वर्षीय संगीत चौधरी, सप्तरी जिल्ला वोधवर्षाई नगरपालिका २ का २५ वर्षीय आशिका कुमारी यादव, सप्तरी जिल्ला वोधवर्षाई नगरपालिका २ का ११ महिने वालिका मानवी यादव, सप्तरी जिल्ला वसेज नगरपालिका ७ का ३० वर्षीय सुरेन्द्र चौधरी, सप्तरी जिल्ला कृष्णसहवगोया गाउपालिका ४ का २८ वर्षीय सुधीरा यादव रहेका छन्।

दुर्घटनामा १६ जना घाईते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: ११ कार्तिक २०७४ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App