८ वैशाख २०८१ शनिबार
राजनीति

मतदाता फकाउँदै उम्मेदवार

जाजरकोट- मतदातालाई आफ्नो  पक्षमा पार्न  जाजरकोटमा   वामगठवन्धनका  उम्मेदवार र नेपाली काँग्रेसका  उम्मेदवारहरु विभिन्न रणनीतिमा लागेका छन्।

 घरदैलो, कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण, पार्टी निकट वुद्धिजीवी, व्यापारी, र अन्य क्षेत्रका  व्यक्तिहरुसंग छलफल तथा आमसभा लगाएतका  गतिविधि गरेर  दलहरुले  चुनावी अभियानलाई तिव्र बनाएका छन्। रोजगारी, विकास र सुशासनका कुरा जनताका माझ उठाउँदै  उनीहरुले  जनतासंग भोट मागिरहेका  छन्। पहिलो चरणमा मंसिर १० गते हुने  प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि  वाम गठवन्धन र  नेपाली काँग्रेस बीच कडा प्रतिष्पर्धा हुने देखिएको जाजरकोटमा   काँग्रेसका उम्मेदवारहरुले गाउँमा घरदैलो र कार्यकर्ता भेटघाटलाई  तिव्र बनाएका छन् भने वाम गठवन्धनका उम्मेदवार र नेता कार्यकर्ताहरु सदरमुकाममा  घरदैलो र  कार्यकर्ता  भेटघाट र  पार्टी निकटका विभिन्न व्यक्ति र समूहहरुसंगको छलफललाइ तिव्र पारेका  छन्।

  विगतमा आफ्नो पार्टीले गरेका राम्रा काम र आगामी दिनका योजनाहरु सुनाउँदै जनताको घरदैलोमा पुगेका  उम्मेदवारहरु  जनता फकाउन हरेक तरीकाहरु  प्रयोग गर्न थालेका छन्। नेपाली काँग्रेसका  उम्मेदवारहरु देशमा  सवै प्रकारका  निरङकुसता विरुद्ध भएको आन्दोलनको नेतृत्व  काँग्रेसले गरेको  र जनताको आफनै हातले संविधान लेख्ने   ७० वर्ष पुरानो चहाना  पनि नेपाली काँग्रेसकै नेतृत्वमा  पुरा भएकोले   अव देशको  आर्थिक सम्वृद्धिको  अभियानको  नेतृत्व पनि काँग्रेसले नै गर्न चाहेकोले  जनताले  काँग्रेसलाइ भोट हाल्नुपर्ने  भन्दै भोट मागिरहेका छन् ।

उता वाम गठवन्धनका उम्मेदवारहरु भने  देशको  राजनैतिक अस्थिरता र  विकासमा देखिएको  ढिलासुस्ती हटाउनका लागि वाम गठवन्धन गरिएको  र वाम गठवन्धन जनताको चहाना अनुसार गरिएको  भन्दै  जनताको मन  जित्न कोसिस गरिरहेका छन्।  हामी जनताको घर घरमा  गएर पार्टीले  लोकतन्त्र र संविधान जारी गर्न खेलेको भुमिका संगै अव देशमा  गर्नुपर्ने  कामको योजना जनतालाइ सुनाएर भोट मागिरहेका छौं प्रदेश सभाका लागि  नेपाली काँग्रेसका तर्फवाट  क्षेत्र नम्वर १ का उम्मेदवार  वेदराज सिंहले वताए।

उता  वाम गठवन्धनका तर्फवाट साझा उम्मेदवार वनेका  माओवादी केन्द्रका  गणेशप्रसाद सिंहले पनि  वामगठवन्धनको  उद्देश्य जनतालाई बुझाउँदै  देशको  सम्वृद्धिका लागि आफुहरुले तयार पारेको  विकासको योजना जनतालाई देखाएर भोट मागिरहेको बताए।

मतदाताहरु भने   उम्मेदवारहरु र दलका नेताहरुलाइ आफुहरुसंग  झुटा बाचा कसम नखान  आग्रह गरिरहेका छन् । भोट माग्दा जे पनि गर्छु भन्ने पछि हामीलाई आपत पर्दा फर्केर नहेर्ने चलन नै  हाम्रा लागि ठूलो समस्या छ,  नलगाड नगरपालिका २ छेप्काका  पुर्णवहादुर जैसीले भने।

जैसी जस्तै  भेरी नगरपालिकाकी लक्ष्मी खड्काले पनि  आस्वासन मात्रै वाँड्ने होइन  काम पनि गरेर देखाउने नेतालाइ आफुहरुको सधै साथ रहने  वताइन्। 

वाम र कांग्रेसबीच प्रतिष्पर्धा रहेको जाजरकोटमा  वाम गठवन्धनका तर्फमा  प्रतिनिधि सभामा  शक्तिवहादुर वस्नेत, प्रदेश सभामा  गणेशप्रसाद सिंह   र  करवीर शाही  तथा  काँग्रेसका तर्फवाट प्रतिनिधि सभामा  राजीवविक्रम शाह र प्रदेश सभामा  वेदराज सिंह र  दिपकजंग शाह प्रतिष्पर्धामा  रहेका छन्। 

प्रकाशित: १२ कार्तिक २०७४ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App