८ वैशाख २०८१ शनिबार
खेल

बायर्न म्युनिख शीर्ष स्थानमा

बार्यन म्युनिखका डेबिड अल्बा (बायाँ) लिपजिगका डिएगाे डेन्से बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : एजेन्सी

बर्लिन– ह्यामेस रोड्रिग्वेज र रोबर्ट लेवान्डोवस्कीको गोलमा शनिबार आरबी लिपजिगलाई २–० ले पराजित गर्दै साबिक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

१९औं मिनेटमा रोड्रिग्वेजले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । रोड्रिग्वेजले आर्यन रोबेनको पासलाई पोस्टको दिशा दिएका थिए । ३८औं मिनेटमा लेवान्डोवस्कीले हाभियर मार्टिनेजको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

लिपजिगले पछिल्लो चार दिनमा बायर्नलाई नतिजा सुम्पिएको यो दोस्रो पटक हो । यसअघि बुधबार सम्पन्न जर्मन कपको खेलमा बायर्नले लिपजिगलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो।

यसअघि १२औं मिनेटमा बिल अर्वान रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लिपजिगले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । बायर्नका रोबेनमाथि खराब फाउल गरे पनि रेफ्रीले अर्वानलाई रातो कार्ड दिएका थिए ।
बायर्न म्युनिखमा प्रशिक्षकका रूपमा पुनरागमन गरेका जुप हेनकिन्सले शतप्रतिशत नतिजालाई कायम राखेका छन् । हेनकिन्सको नेतृत्वमा बायर्नले २०१३ मा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो । कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेपछि क्लबको प्रशिक्षण सम्हालेपछि हेनकिन्सले पाँच खेल जितिसकेका छन्। 

‘हाम्रो तयारी नमुना हुने गर्छ,’ बायर्नका प्रशिक्षक हेनकिन्सले भने, ‘१४ मिनेटमै १० खेलाडीमा सीमित हुनु टोलीका लागि दुर्भाग्य हो । मेरो टोलीले खेल नियन्त्रणमा राख्दै चतु¥याइँपूर्वक खेल्यो । हामीले अझै एक गोल थप्न सक्थ्यौं तर, रक्षापंक्तिमा अनुशासित हुनु महŒवपूर्ण थियो । खेलाडीले कुनै जोखिम मोलेनन् । जुन मलाई मन पर्‍यो।’
बायर्नले बुधबार बुन्डेसलिगा उपाधि प्रतिद्वन्द्वी लिपजिगलाई जर्मन कपमा पनि पराजित गरेको थियो।

‘यस सिजन हामीले धेरै रातो कार्डको सामना गरेका छौं । हामी पहिलो हाफमै घर फर्किएको भए पनि हुन्थ्यो,’ भ्रमणकारी लिपजिगका प्रशिक्षक राल्फ हसेनहुटेलले भने, ‘बायर्न जस्तो टोलीविरुद्ध केही दिनमै दुई रातो कार्डको सामना गर्छौैं भने टोलीमा मानसिक असर पर्छ।’

बुधबार लिपजिगका नाबे केइटाले रातोको कार्डको सामना गरेका थिए । लिपजिगले बुधबार च्याम्पियन्स लिगका लागि पोर्टोको भ्रमण गर्नेछ भने बायर्न सेल्टिक भ्रमणमा निस्कनेछ।

शनिबार बायर्नका लागि दास्रो गोल गरेका रोवर्ट लेवान्डोवस्की तिघ्राको चोटका कारण ४५औं मिनेटमै मैदानबाहिर निस्केका थिए । मंगलबार सेल्टिकविरुद्धको खेलमा उनी फिट हुनेमा शंका छ । लेवान्डोवस्कीको स्वास्थ्यबारे सोधिएको प्रश्नमा प्रशिक्षक हेनकिन्सले भने, ‘धेरै खराब स्थिति छैन।’

यस जितपछि १० खेलको समाप्तिमा २३ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिँदा समान खेलमा १९ अंक जोडेको लिपजिग तेस्रो स्थानमा यथावत् छ । यता शनिबार चाँडो गरी सम्पन्न खेलमा होफेनहेइमलाई ४–२ को नतिजा सुम्पिएको बोरुसिया डर्टमन्ड (२०) दोस्रो स्थानमा झरेको छ । बायर्नले अर्को साता बोरुसिया डर्टमन्डको भ्रमण गर्नेछ।

बायर्न म्युनिखमा प्रशिक्षकका रूपमा पुनरागमन गरेका जुप हेनकिन्सले शतप्रतिशत नतिजालाई कायम राखेका छन्। हेनकिन्सको नेतृत्वमा बायर्नले २०१३ मा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो ।

प्रकाशित: १३ कार्तिक २०७४ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App