coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोना दशौं खेलसम्म अपराजित

मड्रिड– स्ट्राइकर लियोनल मेसी र पाउलिन्होको गोलमा बार्सिलोनाले  एथलेटिक बिलबाओलाई पराजित गर्दै जारी सिजन स्पेनिस ला लिगामा अपराजित यात्रा १०औं खेलसम्म निरन्तरता दिएको छ।

३६औं मिनेटमा मेसीले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । मेसीले जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा पाउलिन्होले गोल गर्दैै बार्सिलोनाको जित पक्का गरेका थिए । लुइस स्वारेजको प्रहार विपक्षी गोलकिपर केपा अजिराबंगालाले रोक्दा प्राप्त बललाई पाउलिन्होले जाली चुमाएका थिए।
 ‘बिलबाओले दोस्रो हाफमा बलियो चुनौती पेस गर्‍यो, जसले गर्दा केही कठिन भयो,‘आफ्नो पूर्व क्लबविरुद्ध हात पारेको जितपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘पछिल्लो तीन महिनामा हामीले देशको राजनीतिक अवस्थाका कारण आफूमा धेरै परिवर्तन पायौं । जसले सबैमा अन्योल सृजना गरेको थियो । तर आज हामीले आफ्नो स्वाभाविक खेलमा मात्र ध्यान दियांै । आशा छ यो लयले आगामी दिनमा पनि निरन्तरता पाउने छ।’

यसै महिना क्याटालोनियाले स्पेनबाट स्वतन्त्र हु्ने पक्षमा जनमत संग्रह गरेपछि बार्सिलोनाको भविष्यका बारेमा अन्योल देखिएको थियो।

१९आैँ मिनेटमा बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेन स्टेगनले बिलबाओका आर्टिज एडुरिजले वान भर्सेन वानमा गरेको प्रहार बचाउँदै टोलीको संकट टारेका थिए । त्यस्तै राहुल गार्सियाको प्रहार पोस्टमा लागेर फर्कंदा बिलबाओ थप निराश बनेको थियो।

८५औं मिनेटमा बिलबाओले खेलमा फर्कने सुनौलो मौका पाएको थियो । तर स्टेगन पुनः एक पटक एडुरिजका लागि बाधक बनेपछि बिलबाओे थप निराश बनेको थियो।

यस जितपछि १० खेलको समाप्तिमा २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् हुँदा ११ अंक जोडेको बिलबाओ ११औं स्थानमा कायम छ । समान खेलमा २४ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ ।
त्यस्तै सेभियाले लिगानेसलाई २–१ ले पराजित गरेको छ।

२०औं मिनेटमा विसाम बेन याडरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो । याडरले पाव्लो साराबियाको पासलाई पोस्टको दिशा दिएका थिए।

४८औं मिनेटमा एलेक्जेन्डर सेजम्नोवस्कीले गरेको पेनाल्टी गोलमा लिगानेस खेलमा फर्किएको थियो । सेभियाका सेवास्टियन क्रोचियाले सेजम्नोवस्कीलाई लडाउँदा लिगानेसले पेनाल्टीको अवसर पाएको थियो।

त्यसको ६ मिनेटपछि साराबियाले गरेको गोलमा सेभियाले पुनः अग्रता लिएको थियो । नोलिटोको प्रहार विपक्षी गोलकिपरले रोक्दा रिबाउन्डमा प्राप्त बललाई साराबियाले जाली चुमाएका थिए।

यस जितपछि १० खेलको समाप्तिमा १९ अंक जोडेको सेभिया पाँचाैँ तथा समान खेलमा १७ अंक जोडेको लिगानेस सातांै स्थानमा यथावत् छ।

शनिबार सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिड र भिल्लारियालले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । ६१औं मिनेटमा एन्जेल कोरियाले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो। तर ८१ औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै भिल्लारियाललाई खेलमा फर्काएका थिए। 

यस नतिजापछि १० खेलको समाप्तिमा २० अंक जोडेको एट्लेटिको पाँचांै र १७ अंक जोडेको भिल्लारियाल छैटांै स्थानमा यथावत् छन्।

‘पछिल्लो तीन महिनामा हामीले देशको राजनीतिक अवस्थाका कारण आफूमा धेरै परिवर्तन पायौं । जसले सबैमा अन्योल सृजना गरेको थियो । तर आज हामीले आफ्नो स्वाभाविक खेलमा मात्र ध्यान दियांै । आशा छ यो लयले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।’

प्रकाशित: १३ कार्तिक २०७४ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App