१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

छात्रा युगलमा नेपाललाई उपाधि

काठमाडौं- प्रेरणा कोइराला र सलोनी तामाङको नेपाली जोडीले बुधबार केशा ग्रुप एएनएलटिए यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत छात्रा युगलतर्फको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बुधबार बिहान सम्पन्न फाइनलमा प्रेरणा र सलोनीको जोडीले नेपालकै इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीमाथि ६–१, ६–१ को सोझो सेटमा विजय हासिल गरेको थियो ।  
छात्र युगलतर्फ भारतका गर्व बाहल र रुशीकेश संकाराको जोडीले बाजी मारेको छ । फाइनलमा नेपाली जोडी आदित सुवेदी र आदित्य सुवेदीलाई ६–२, ६–१ को सोझो सेटमा निराश पार्दै बाहल र संकाराले उपाधि जितेका हुन् ।
यसै गरी बुधबारै सम्पन्न खेलमा विजय हासिल गर्दै नेपालका आदित सुवेदीले छात्र एकल तथा रायना शाह र प्रेरणा कोइरालाले छात्रा एकलको फाइनलमा स्थान पक्का गरेका छन् । छात्र एकलको सेमिफाइनलमा आदितले भारतका रुशिकेश संकारालाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । फाइनलमा उनले भारतका गर्व बाहलसँग प्रतिस्पर्धा गर्नेछन् । बाहलले सेमिफाइनलमा नेपालका आर्यन गिरीमाथि ६–१, ६–२ को जित हासिल गर्दै आदितविरुद्धको फाइनल भिडन्त पक्का गरेका थिए ।
महिला एकलतर्फ रायना र प्रेरणाको जितपछि उपाधि नेपालमै बस्ने पक्का भएको छ । एक–अर्काविरुद्धको फाइनल भिडन्त पक्का गर्ने क्रममा बुधबार रायनाले नेपालकै सलोनी तामाङलाई ६–२, ६–२ को नतिजामा हराएकी थिइन् भने प्रेरणाले भारतकी रिया भाथारुलाई ६–१, ६–३ ले निराश पारिन् ।
नेपाल लन टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा आयोजक नेपालसहित भारत, हङकङ र अमेरिकाका पुरुष र महिला गरी कुल ४० खेलाडीको सहभागिता छ । प्रतियोगितामा एकलतर्फका विजेताले २ सय तथा उपविजेताले १ सय ३३ अंक हासिल गर्नेछन् भने तेस्रो हुनेले ८० अंक पाउनेछन् । यसै गरी युगलतर्फ विजेताले २ सय, उपविजेताले १ सय ३० तथा तेस्रो हुनेले ८० अंक प्राप्त गर्नेछन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App