coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

बरामद सुनको बिस्कुटका साथमा प्रहरी टोली। तस्विरः किशान संगीत

लमजुङ— जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब  १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनाङ, नासोङ गाउ“पालिका ९ दानाक्युका ३१ बर्षीय पासाङ लामा रहेका छन्।

मोटरसाइकलमा आउँदै गरेका ती युवकलाई रोकेर प्रहरीले जाँच गर्ने प्रयास गरेपछि उनी भागेका थिए। प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो। १७ थान ‘लकेट’ समातिएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।

सुन तिब्बतको सीमाबाट मनाङबाट तस्करी गरी नेपाल ल्याइएको हुनसक्ने प्रहरी अनुमान छ।

मनाङ तर्फबाट मोटरसाइकलमा झोलामा सुन बोकेर बेसीसहरतर्फ आउ“दै गर्दा उनी पक्राउ परेको लमजुङ प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आउँदै गरेका ती युवकलाई रोकेर प्रहरीले जाँच गर्ने प्रयास गरेपछि उनी भागेका थिए। प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो। १७ थान ‘लकेट’ समातिएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।

‘हेर्दा सुन नै हो ती युवकले पनि सुन नै भनेका छन्। यसको तौल के कति हुन्छ जोख्नु पर्छ । सामान्यतय एक थानमा एक किलो हुने गरेको छ’ उनले भने। प्रहरीले विस्तृत विवरण बताएको छैन।

उनले सुन बोक्न प्रयोग गरेको बा ५८ प ४२९१ नं. को मोटरसाइकल बरामद गरी अनुसन्धान भइरहेको प्रनाउ विष्टले बताए। खुदी सदरमुकाम बेसीसहरबाट करीब ७ किलोमिटर उत्तरतर्फ मनाङ जाने बाटोमा पर्छ।

प्रकाशित: १६ कार्तिक २०७४ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App