भक्तपुरमा एक विदेशीसहित चार मृत फेला

बिहिबार, १६ कार्तिक २०७४, १५ : ३५ कृष्ण किसी


भक्तपुर  – दुई दिनको अवधिमा भक्तपुरका चार छुट्टाछट्टै स्थानमा एक जना विदेशीसहित चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा बंगलादेशको नागरिक ३४ वर्षीय हसन फेरोदोस अचानक बेहोस भएको र उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको हो।

परिसरका प्रवक्ता कृष्ण प्रसाईका अनुसार सूर्यविनायक नगरपालिका ८ जगातीमा धादिङ बैरेनी ९ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय शम्भु खत्रीलाई महानगरीय प्रहरी वृत्त जगातीको मोवाइल टोलीले अचेत अवस्थामा फेला पारी भक्तपुर अस्पताल लगेकोमा डाक्टरले मृत्यु भइसकेको घोषण गरेको थियो। 

यसैगरी ओखलढुंगा घर भइ हाल सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने ३२ वर्षीया सरिता सार्की बेलुका खाना खाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रवक्त प्रसाईले बताए।

यस्तैगरी सूर्यविनायक नगरपालिका ९ भातेढिकुरस्थित होटल भ्यूमा लेवर काम गर्ने र होटलको छाप्रोमा बस्ने उदयपुर त्रियुगा नगरपालिका १६ को ३० वर्षीय नवराज राई मृत अवस्थामा फेला परेको प्रहरीले  जनाएको छ । प्रहरीका अनुसार यी सबै घटनाहरूबारे थप अनुसन्धान भइरहेको छ। 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

भारतीय चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण...

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि...

तानसेनमा ‘वन्स मोर’

तानसेनमा ‘वन्स मोर’

तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...