१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेपालकाे हार

काठमाडौं– मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटको तयारी गरिरहेको नेपाली टोली बिहीबार अभ्यास खेलमा बंगलादेश यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको छ। 

एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन्।  

अभ्यासको पहिलो खेलमा नेपालले सुरुआतमा ब्याटिङ गरे पनि गतिलो स्कोर जोड्न सकेन । टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभर पूरा खेलेर १ सय ५३ रन बनायो । 

नेपालका लागि ओपनर मोहमद सर्राफ सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ३२ रन जोडेका थिए । ओपनर सन्दीप सुनार १ रनमा काजी अनिक इस्लामको बलमा बोल्ड भए पनि अर्का ओपनर आसिफले सम्हालिएर ब्याटिङ गरेका थिए । 
एसिया कप खेल्ने टोलीमा स्थान बनाउने नयाँ खेलाडीको रूपमा रहेका भीम सार्कीले २८ रन बनाए । पवन सर्राफले १९, अनिलकुमार साहले १८, कमलसिंह ऐरीले १७ रन बनाए । कमल पनि टोलीमा स्थान बनाउने खेलाडी हुन । कप्तान दीपेन्द्रसिंह ऐरी १६ रनमा आउट भए। 

बंगलादेशका हसन महमुद, काजी अनिकले समान ३ विकेट, नभिम हसनले २ विकेट लिए। 
ओपनर नाइम शेख र ताहिद हृदलीले अविजित ४८ रनको योगदान गरेपछि बंगलादेशले ३९ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५४ रनको लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट, पवन र साहब आलमले समान १ विकेट लिए । 
मलेसियामा हुने एसिया कपमा नेपालले बंगलादेश, भारत र आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले कात्तिक २५ गते बंगलादेश, २६ गते भारत र २८ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। 

समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र पश्चिमी क्षेत्रको विजेता टोली (जुन टुंगो लागि सकेको छैन) परेका छन्। 

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले प्रतियोगिताको तयारीका लागि अब शनिबार र आइतबार पनि बंगलादेशको यु–१९ टोलीसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् ।  

प्रकाशित: १७ कार्तिक २०७४ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App