७ वैशाख २०८१ शुक्रबार
अन्य

लोकप्रिय तिब्बती परिकार

काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वाद थपिरहेका छन्। 

नयाँ–नयाँ स्वादमा रमाउने बढ्दो चलनका कारण तिब्बती परिकार पनि लोकप्रिय बनेको व्यवसायीले बताउने गरेका छन् । नेपालीलाई मनपर्ने खालको स्वाद भएका कारण चिनियाँ तिब्बती परिकार छिटैै नेपालीको मनमा बस्न सफल भएको जाम्बाला रेस्टुरेन्ट स्वयम्भूकी सञ्चालक ल्हाक्डोङ लामाले बताइन् । उनी भन्छिन्, ‘कम नुन–मसला प्रयोग गरिने र धेरै पिरो अनि मसला हालिने परिकार तिब्बती डिसमा हुन्छन् । त्यसैले यो धेरैलाई मनपर्छ ।’ लामाले दुई दशकदेखि तिब्बती परिकार पस्कने रेस्टुराँ सञ्चालन गरिरहेकी छन्। 

युवाले सामाजिक सञ्जालमा देखेर तिब्बती परिकार खान आउने गरेको बौद्ध स्तूपको टिबेट किचनका आयुष थापाले बताए । इन्स्टाग्राम, फेसबुकमा खाना र रेस्टुरेन्टबारे जानकारी पाएर आउने धेरै रहेको उनी बताउँछन् ।

पछिल्ला चार–पाँच वर्षमा तिब्बती परिकारले धेरै नेपालीलाई आकर्षित गरेको अनुभव उनी सुनाउँछिन् । भन्छिन्, ‘नेपाली युवाहरू,कोही तिब्बती परिकार थाहा भएका र कोही पहिलोपटक चाख्न समेत हाम्रोमा आउने गरेका छन् ।’ धेरै युवा लाफिङ र टिङमो खान आउने गरेको उनले बताइन् । त्यस्तै, विभिन्न प्रकारका नुडल्स र करीहरुसाधारण दिनमा धेरै खाइने परिकार रहेको उनी बताउँछिन्।

युवाले सामाजिक सञ्जालमा देखेर तिब्बती परिकार खान आउने गरेको बौद्ध स्तूपको टिबेट किचनका आयुष थापाले बताए । इन्स्टाग्राम,फेसबुकमा खाना र रेस्टुरेन्टबारे जानकारी पाएर आउने धेरै रहेको उनी बताउँछन् । ‘इन्स्टाग्राममा देखेर एकपटक टेस्ट गरौँ भनेर आउने पनि धेरै छन्,’ उनी भन्छन्, ‘कति परिकार त फेसन नै बनेको छ ।’ बौद्धमा हिजोआज टिबेटन स्टाइलको ठूलो मःमनेपाली युवाका लागि फेसन नै बनेको उनको भनाइ छ। 

तिब्बती नागरिक लोप्साङ तेन्जन शरणार्थीकारूपमा नेपाल बस्छन् । नेपालमा उनी २० वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । उनको ‘डोल्मा रेस्टुरेन्ट’तिब्बती खानाका लागि स्वयम्भूमा चर्चित थियो । अहिले यो रेस्टुरेन्ट यही नामबाट बौद्ध सरेको छ । तिब्बती खानाकोरेस्टुरेन्ट सञ्चालनको लामो अनुभव सँगालेका उनले तिब्बती खानाप्रति नेपालीको आकर्षण बढिरहेकोबताए । ‘पहिले त नेपालीलाई टिबेटन खानाबारे थाहा पनि थिएन । महँगो भयो भन्थे,’ उनी भन्छन्,‘अहिले व्यापार गर्ने र जागिर गर्ने नेपाली मेरो रेस्टुरेन्ट आउने क्रम बढेको छ।’

अहिले तिब्बती स्वाद र परिकारसँग नेपाली घुलमिल भइसकेको उनको अनुभवछ । ‘अब काठमाडौंमा तिब्बती खाना के हो भनेर बुझाइरहनुपर्दैन । स्वाद पनि थाहा भइसकेको छ,’उनी भन्छन्, ‘अब चप–स्टिकले खान जान्ने ग्राहक समेत धेरै आउने गरेका छन्।’

काठमाडौंवासीमा विभिन्न देशका परिकारको स्वाद लिने संस्कार विकास हुँदै गएको लोप्साङलाई लाग्छ ।उनका अनुसार धेरै तिब्बती रेस्टुरेन्टले पस्कने खानामा चिनियाँ खानाको प्रभाव रहेको छ । कतिपय चिनियाँ परिकारलाई नै तिब्बती स्टाइलमा बनाइने उनी बताउँछन् । तिब्बती खानामा चिज, नौनी, फापर, गहुँको प्रयोग धेरै हुन्छन् । तिब्बती रेस्टुरेन्टमा विभिन्न खाले नुडल्स, थुक्पा, थेन्दुक, सुप, मःम नेपालीमाझ लोकप्रिय रहेको लोप्साङ बताउँछन् । उसिनेको अनि उमालिएको खानालाई स्वस्थ खानाका रुपमा धेरैले मनपराउने गरेको उनको भनाइ छ। 

तिब्बती क्युजिन रेस्टुरेन्टमा लोकप्रिय केही परिकार :

टिङमो
टिङमो एक प्रकारको स्टिम गरिएको रोटी हो । मैदालाई फूलजस्तै आकारमा रोल गरेर बनाइएको हुन्छ । टिबेटन डाइन लोकप्रिय हुनुअघि नै टिङमो भने बौद्ध क्षेत्रमा खाइन्थ्यो । बिहानको खाजाकारूपमा टिङमो धेरै अघिदेखि नै खाने चलन चलेको थियो । बौद्ध क्षेत्रमा तिब्बती र शेर्पा समुदायले चलाएका साना रेस्टुरेन्टले टिङमोलाई खाजाकारूपमा लोकप्रिय बनाएका हुन् । टिङमोलाई कतिले टि–मोमो पनि भन्ने गरेका छन् । टिङमोलाई चिया, चाइनिज साग वा अन्य खालका तरकारीसँग खान रुचाउने गरेको जाम्बाला रेस्टुरेन्ट, स्वयम्भूकी लामाले बताइन्। 

टिङमोसँगै धेरै प्रकारका रोटी टिबेटन रेस्टुरेन्टका मेन्युमा राखिएको पाउँछौँ । आम्दो भाले, स्या भाले पनि लोकप्रिय तिब्बती रोटी हुन् । यी रोटी खाजाका रूपमा जुनसुकै मौसममा पनि खान सकिने टिबेट किचनका आयुष थापा बताउँछन्। 

लाफिङ
विशेषगरी युवामाझ लोकप्रिय लाफिङ तिब्बती स्ट्रिट फुड हो । यसलाई बटुकोमा खाइन्छ । लाफिङ खानुकिशोर–किशोरीका लागि फेसन नै बनेको छ । यसको पिरो र टिम्मुरे ससका कारण युवाले मनपराएको जाम्बाला रेस्टुरेन्टकी लाक्डोङ लामा बताउँछिन् । स्वयम्भू र बौद्ध क्षेत्रमा जताततै खुलेका लाफिङ पसलले पनि लाफिङको बढ्दो ट्रेन्डलाई संकेत गर्छ । सस्तो, स्वादिलो र सजिलो हुने भएकाले आफूले लाफिङ बौद्धमा लाफिङखाइरहने गरेकोकृपा बस्नेतले बताइन् । जाडोमा तातो र गर्मीमा चिसो ससमा लाफिङ खान सकिन्छ । सुक्खा वा झोल रोजेर खाने विकल्प पनि छ । अहिले एक बटुका लाफिङको मूल्य ३० रुपैयाँदेखि ५० रुपैयाँ छ। 

आलु फिङ सेट
यो तिब्बती स्टाइलको खाना सेट हो । लन्च वा डिनरकारूपमा यसलाई खान सकिन्छ । टिबेट किचेनलेआलु फिङ सेटमा एउटा टिङमो, राइस, आलु फिङ र टिबेटन सलाद समावेश गरेको छ । टिबेट किचेनले आलु फिङ सेटको मूल्य तीन सय ५० रुपैयाँ निर्धारण गरेको छ । यो डिस टिबेट किचनको धेरै मन पराइएको मिल सेट रहेको आयुष थापा बताउँछन् । उनी भन्छन्, ‘खानाकारूपमा यो धेरै बिक्ने परिकार हो । नेपालीले मन पराउने खालको स्वाद भएका कारण यो सबैभन्दा लोकप्रिय खाना सेट हो ।’ चम्पा सेट, पाक तो सेट पनि तिब्बती खाना सेटकारूपमाटिबेट किचनको मेन्युमा राखिएका छन्।

थेन्थुक
थेन्थुकको मौसम अब सुरु भएको छ । विशेषगरी जाडो मौसममा सुप थेन्थुक धेरै खाइने परिकार हो । हातैले बनाएको नुडल्सलाई सुपमा पकाई थेन्थुक बनाइन्छ । सुपविनाको फ्राइड थेन्थुक पनि नेपाली ग्राहकले मनपराएको डोल्मा रेस्टुरेन्ट बौद्धका लोप्साङ तेन्जन बताउँछन् । थेन्थुकलाई भेज र ननभेज दुवै स्टाइलमा खान सकिन्छ । प्रशस्त झोल र सब्जी हुने भएकाले यो जाडो मौसमका लागि असाध्यै उपयुक्त भएको लोप्साङ बताउँछन्। 

ठूलो मःम
काठमाडौंमा हरेक मौसममा खाइने परिकार हो, मःम । मःमका अनेकौँ भेराइटी पाइन्छन् । हिजोआज बौद्ध क्षेत्रमा ठूलो मःमको चर्चा बेग्लै छ । युवाको ठूलो मःम क्रेजका कारण चिनियाँ तिब्बती रेस्टुरेन्टका लागि ठूलो मःम मेन्युमा समावेश गर्नु अनिवार्यजस्तै भएको टिबेट किचेनका आयुष थापा बताउँछन् । आकारमा साधारण मःमभन्दा अलि ठूलो आकारको बनाइने भएकाले यो ठूलो मःमकारूपमा परिचित छ । फिलिङमा भने भेज वा ननभेज जुनसुकै राख्न सकिन्छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App