प्रेमको बिजारोपण

शनिबार, १८ कार्तिक २०७४, ११ : ३१ स्वामी आनन्द अरुण


२९ मार्च १९६९ को सौभाग्यशाली सन्ध्या मेरा मानसपटलमा सधैँ तरोताजा रहनेछ । त्यस दिन पहिलोपटक मैले आफ्नो गुरु आचार्य रजनीशको दर्शन पाए“ । त्यसबखत म पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिएँ । म त्यहा“को सिन्हा पुस्तकालयमा अध्ययनका लागि जाने गर्थें । पुस्तकालयमा अत्यन्त दुर्लभ पुस्तकको संकलन थियो ।  धर्म, दर्शनशास्त्र र ज्योतिषको अध्ययनका लागि म त्यहा“ नियमित जाने गर्थें । मध्याह्न पुस्तकालयबाट निस्केपछि सूचनापाटीमा एउटा पम्प्लेट टा“सिएको देखे“, जसमा सोही दिन बेलुका त्यही पुस्तकालयको लनमा आचार्य रजनीशले प्रवचन दिने जानकारी थियो । त्यसअघि मैले यो नाम कहिल्यै सुनेको थिइनँ ।

स्कुले जीवनदेखि नै ध्यान, योग, प्राकृतिक चिकित्साप्रति मेरो विशेष रुचि थियो । त्यसबखत कुनै सद्गुरु नभेटाए पनि मैले पुस्तककै सहायताले ध्यान र योगका अभ्यास गरिरहेको थिए“ । मैले त्यस बखतका उत्तर भारतका प्रायः सबै आश्रम चहारिसकेको थिए“ र नाम चलेका सबै गुरुलाई भेटिसकेको थिए“ । त्यसमध्ये दीक्षा दिने अनेक गुरुबाट दीक्षित पनि भइसकेको थिए“ । तीमध्ये केही गुरु हुन्, आनन्दमूर्तिजी, महर्षि महेश योगी, अनुकूल चन्द ठाकुर, ऋषिकेशका स्वामी शिवानन्दजी, राष्ट्रियसेवक संघका माधवराज गोलवर्कर, रामकृष्ण आश्रमका सन्न्यासीहरू इत्यादि । यिनीहरू सबैस“ग आफ्नै विशेषता थिए र मैले यिनीहरूबाट केही न केही सिक्ने मौका अवश्यै पाएको हुँ, तर कहीँ पनि मेरो आन्तरिक तारतम्य मिलिरहेको थिएन र मेरो अन्तर्मन आफ्नो मार्गदर्शक गुरुको प्रतीक्षामै थियो । 

विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें

त्यसबखत विद्यार्थीका दुई प्रमुख संगठन थिए । एक थियो, वामपन्थी विचारबाट प्रभावित स्टुडेन्ट फेडरेसन र अर्को दक्षिणपन्थी जनसंघको राष्ट्रिय विद्यार्थी परिषद् । माधवराज सदाशिव गोलवर्करको विद्वता र साधुताबाट म प्रभावित भए“ र केही वर्ष राष्ट्रियसेवक संघको शाखा सञ्चालक पनि बने“ । पछि विभिन्न आश्रममा तथाकथित साधुको दोहोरो चरित्र र पाखण्डी व्यक्तित्वले मभित्र धर्मप्रति वितृष्णा पनि पैदा भइरहेको थियो । समाजवादी र वामपन्थी  चिन्तनप्रति झुकाव बढिरहेको थियो । त्यसबखत भारतमा चलेका सामाजिक र सांस्कृतिक आन्दोलनबाट म ज्यादै प्रभावित हुन पुगे“ । यो आन्दोलन गान्धी, बिनोबाको दर्शनबाट प्रभावित ‘सर्वोदय आन्दोलन’ थियो । त्यसैबखत जयप्रकाश नारायण पनि समाजवादी पार्टीको सक्रिय राजनीति छोडेर सर्वोदयमा लागेका थिए । 

मैले जयप्रकाश नारायणलाई बिहारको मसहरीमा व्यक्तिगत रूपमा भेटेको थिएँ । उनमा मैले सत्यको गहन प्यास देखेँ । गरिब र निमुखाको जीवन उद्धारका लागि उनको हृदयमा मैले गहिरो दया र करुणा देखेँ । मैले उहा“भित्र एक राजनीतिज्ञ कम तर सन्त व्यक्तित्व बढी देखेँ । उहा“बाट प्रभावित भएर मैलैे आफ्नो जीवन सर्वोदय आन्दोलनमै समर्पित गर्ने इच्छा पोखेँ । उहा“ मेरो उत्साह देखेर खुसी हुनुभयो र मलाई हौसला दिँदै भन्नुभयो, ‘तिमी आफ्नो इन्जिनियरिङको पढाइ पूरा गरेर आऊ । भारतीय गाउ“को पिछडापनबाट मुक्ति र त्यसको उत्थानका लागि मस“ग धेरै योजना छन् र मलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको आश्वासन छ । तिम्रो इन्जिनियरिङ विद्या मलाई काम लाग्छ ।’ 

उहा“ भारतका प्रधानमन्त्री हुने व्यक्ति हुनुहुन्थ्यो । तर, बिहारको मसहरी भन्ने सानो गाउ“मा नक्सलाइटको हिंस्रक विद्रोहलाई शान्त पार्न गाउ“मै एक झुपडीमा बसी प्रयासरत हुनुहुन्थ्यो । उहा“को त्याग र सत्यनिष्ठाले मेरो आ“खामा आ“सु ल्यायो । मैले इन्जिनियरिङ पास गरेपछि जयप्रकाशकै सर्वोदयमै समर्पित हुने भाव जाग्यो।

ओशोलाई पहिलोचोटि भेटेको समय म बडो द्विविधा र विषादको स्थितिमा थिए“ । मैले आफ्नो मार्ग बुझिसकेको थिइनँ । कृष्णको भक्ति र उत्सव, बुद्धको शान्ति र ध्यान, विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें ।

बच्चादेखि नै साधु, सन्त र जोगीहरूप्रतिको आकर्षण ममा थियो । त्यसैले २९ मार्चको त्यो सौभाग्यशाली सन्ध्यामा म मेरा सहपाठीस“ग आचार्यको प्रवचन सुन्न पहिलो पंक्तिमा गएर बसेँ । ठीक ६ बजे सेतो लुङ्गी लगाएका र सेतो च्यादरले शरीर बेरेका एक तेजस्वी युवा साधु मञ्चमा उपस्थित भए । उमेरले तेस्रो दशकमा हि“डिरहेका लाग्ने, लामो, चम्किलो दारी र कपाल, उन्नत ललाट र सम्मोहक आ“खा भएका आचार्य रजनीश मञ्चमा ओछ्याइएको गद्दीमा बसे । उनको उपस्थिति सघन थियो र व्यक्तिŒवमा एक अद्भूत आकर्षण थियो । पहिलो कुरा, जसले मलाई अभिभूत ग¥यो, त्यो हो उनको शारीरिक सौन्दर्य र व्यक्तित्वको तेज । मलाई उनी कुनै ऋषिलोकबाट अवतरित भएका चिरपरिचित देवपुरुषजस्ता लागे।

आचार्यलाई मीरा र कबिरका भजन अति प्रिय भएकाले उनको प्रवचनपूर्व एक युवतीले कबिरका भजन गाइन् । वसन्तको त्यो साँझ, गंगा किनारको मन्दमन्द शीतल हावा, कबिरका ती मर्मस्पर्शी पद, युवतीको मधुर स्वर, त्यसमा पनि आचार्यको रहस्यमय, सम्मोहक उपस्थिति, यो सबैले मेरो हृदयको कोमल तन्तुलाई स्पर्श ग¥यो । मेरा आ“खाबाट आ“सु बर्सिन थाले । आँखा पुछ्दापुछ्दै पूरै रुमाल भिज्यो । मेरा सहपाठी अक्क न बक्क भए र सोधे, ‘तिमीलाई के भएको ? किन यसरी रोएको ?’ 

मस“ग शब्दमा भन्न सक्ने कुनै उत्तर थिएन । भजनपछि आचार्यको संगीतमय मधुर स्वर गुन्जियो, ‘मेरे प्रिय आत्मन् ।’
त्यो जादुमयी स्वरले आ“खाभित्र बा“धिएको आ“सुको बा“धलाई फेरि भत्काइदियो । म भक्कानो छाडेर रुन थालेँ । मेरा साथी आश्चर्यचकित हुनु त स्वाभाविक नै थियो, म आफैँ पनि आश्चर्यचकित थिए“ र सोच्दै थिए“, ‘किन यो सर्वथा अपरिचित व्यक्तिको उपस्थितिले मेरो हृदयलाई यसरी रुन बाध्य तुल्याइरहेको छ ?’

आचार्य आफ्नो प्रवचनमा ब्रह्मचर्य, गान्धीवाद र धर्मगुरुहरूको कठोर आलोचना गरिरहेका थिए, जुन मेरो आजसम्मको शिक्षण, अध्ययन र संस्कारको पूर्ण विरुद्धमा थियो । मेरो मस्तिष्क उनको विचारस“ग असहमति प्रकट गरिरहेको थियो, तर गहिराइमा मेरो हृदय उनको तर्कस“ग पूर्ण सहमति जनाइरहेको थियो । एक श्रोताले प्रश्न गरे, ‘गान्धी सन्त हुनुहुन्थ्यो, सधै“ रेलमा तृतीय श्रेणीमा यात्रा गर्नुहुन्थ्यो तर तपाईं साधु भएर किन प्रथम क्लासमा यात्रा गर्नुहुन्छ ?’ आचार्यले जवाफ दिए, ‘तृतीय श्रेणीमा म यात्रा गर्छु, किनभने भारतीय रेलमा चौथो श्रेणी छैन भनी गान्धी भन्थे तर म भन्छु म प्रथम श्रेणीमा यात्रा गर्छु, किनभने भारतीय रेलमा अहिलेसम्म एसी कोच आइसकेको छैन । जुन दिन भारतीय रेलमा एसी कोच हुन्छ, म त्यस दिनदेखि प्रथम श्रेणीमा यात्रा गर्न छोड्छु । गान्धीजस्तो म गरिबलाई दरिद्रनारायण भन्न सक्दिनँ, गरिबीलाई म बेवकुफी र अवैज्ञानिक चिन्तनबाट जन्मेको महारोग ठान्छु । आज विज्ञान र प्रविधिको सहायताले सम्पूर्ण युरोप र अमेरिका एयर कन्डिसनमा हि“डिरहेको छ भने हामीले मात्र कुन चाहिँ त्यस्तो घनघोर पाप गरेका छौँ र सधैँ थर्डक्लासमा मात्र हिँडिराखौँ ?’

आचार्य यस्तै अकाट्य तर्क दिएर आफ्ना विचारलाई राख्दै हुनुहुन्थ्यो । उहा“का विचारस“ग असहमत हुनेहरू पनि उहा“का तार्किक विश्लेषणबाट विस्मित र अभिभूत थिए । उहा“को बौद्धिक विश्लेषण र तर्कलाई खण्डन गर्ने मस“ग कुनै आधार थिएन । मेरा सारा सिद्धान्त र विचार ओशोको एक घन्टाको तार्किक प्रहारबाट क्षतविक्षत भइरहेको थियो । उहा“का विचारप्रति मेरो मस्तिष्कले निरन्तर विरोध जनाइरहे पनि अत्यन्त गहिरोअन्तर्मन उहा“प्रति पूर्ण समर्पित भइसकेको थियो । मेरो अन्तर्मनले अनुभव गरिरहेको थियो, जुन प्रज्ञापुरुष र गुरुको खोजमा म एकान्तमा रुन्थे, ती व्यक्ति आचार्य रजनीश नै हुनुहुन्छ र त्यो खोजले आफ्नो गन्तव्य भेटायो । मेरो चित्त समय र स्थानको सीमाबाट पार कहीँ थियो । 

आचार्यले यी शब्दबाट आफ्नो प्रवचनको अन्त्य गर्नुभयो, ‘आपने इतनी धैर्य और प्रेम से मेरी बातों को सुना । मै अनुग्रहित हुँ । इन बातों पर विश्वास करने कि जरुरत नही है । इन बातों पर सन्देह करे, चिन्तन, मनन करे । इस चिन्तन के धरातल में जो अच्छा लगे उसको ही स्वीकार करे । अन्त में आप सबके अन्दर बैठे परमात्माको प्रणाम करता हुँ। मेरे प्रणाम स्वीकार करे ।’

आचार्यको प्रवचन सकिनेबित्तिकै उहा“को चरण स्पर्श गर्ने र अँगालो हाल्नेको भीडले उहाँलाई घेर्‍यो । त्यो भीडमा छिर्न मैले हिम्मत जुटाउन सकिनँ । नजिकै स्टलमा आचार्यको विचारमा आधारित हिन्दी पत्रिका उक्रान्तको वार्षिक ग्राहक बन्नेहरू थिए । वार्षिक सदस्यता शुल्क १२ रुपैया“ थियो । अर्धवार्षिक ६ रुपैया“ । मेरो खल्तीमा जम्मा तीन रुपैया“ मात्रै थियो । मैले ती स्वयंसेवकलाई मलाई त्रैमासिक ग्राहक बनाइदिनुस् भनी आग्रह गरेँ । तर, त्रैमासिक ग्राहकको कुनै प्रावधान नभएको उनले बताए । मैले आग्रह गरेँ, ‘यी तीन रुपैया“ लिई तपाईं मलाई वार्षिक ग्राहकै बनाइदिनुस् । म तपाईंलाई मनी अर्डरद्वारा बा“की नौ रुपैया“ जवलपुर पठाइदिनेछु ।’ उनले मलाई विश्वास गरे र नौ रुपैया“ बा“की लेखिएको वार्षिक सदस्य बनेको बिलसहित युक्रान्तको पहिलो अंक मेरो हातमा थमाए । त्यो मेरो जीवनको अत्यन्त बुद्धिमतापूर्ण र सर्वोत्तम लगानी ठहरियो । जसले मेरो सम्पूर्ण जीवन त बदलियो नै, अन्य हजारौँ साधकको जीवनको रूपान्तरणको कारण बन्न गयो।  

केही समयपछि मञ्चबाट सूचित गरियो कि रविन्द्र भवनमा जैन समाजले आयोजित गरेको सभामा आचार्यले भगवान् महावीरका बारेमा प्रवचन दिनुहुनेछ । त्यसपछि सोझै रात्रिको तुफान मेलबाट जवलपुर फर्कनु हुनेछ।  

यो सुनी उहाँको सम्मोहनले मैले रविन्द्र भवन जाने निधो गरेँ । आचार्य आफ्नो एम्बेसडर कारमा रविन्द्र भवनतिर लाग्नुभयो । मस“ग पैसा नभएकाले लगभग चार किलोमिटर दूरी मैले दौडेरै पूरा गरेँ । त्यसबेलाका आचार्यका प्रवचन बडो आग्नेय हुन्थे र अन्धभक्ति तथा अन्धविश्वासप्रति उहा“ कठोर प्रहार गर्नुहुन्थ्यो । सोहीअनुरूप उहा“ले जैनीहरूले महावीरलाई नबुझी खाली अन्धभक्ति गरेकामा गहिरो आलोचना गरिरहनुभएको थियो । आयोजकहरू सबै जैनी थिए । उनीहरू अक्क न बक्क भई आचार्यलाई प्रवचनका लागि बोलाएकामा पछुताइरहेका थिए। 

आचार्य जतिजति आलोचना गर्नुहुन्थ्यो, उनीहरूको व्यग्रता झन् बढ्थ्यो तर सुन्नेहरू सबै मन्त्रमुग्ध थिए । मलाई भय लाग्यो, कहीँ आचार्यप्रति कुनै अनिष्ट त हुँदैन ? तर, जैनीहरू अहिंस्रक र सहिष्णु हुन्छन् । आचार्यको प्रवचन सकियो । उहा“ फर्किन रेल स्टेसनतर्फ लाग्नुभयो । उहा“लाई बिदा गर्न स्टेसनसम्म जाने चाहना हुँदाहुँदै पनि न मसँग पैसा थियो, न त कारको पछाडि दौडने शक्ति नै । मैले छात्रवाससम्मको सात किलोमिटर दूरी हिँडेर तय गरेँ, पहिलो नजरकै प्रेमको उल्लास र आनन्दका साथ। 

त्यही सन्ध्यामा एक आन्तरिक समर्पण घट्यो । अन्तर्बोध भयो । ‘यसै गुरुको प्रतीक्षामा म आकुलव्याकुल भएर भौँतारिरहेको थिए“, अब यिनको साथ म कहिल्यै छाड्दिनँ, अब म पछाडि फर्कनेछैन’ भन्ने अन्तर्बोधपछि आज ४८ वसन्त बितिसके, त्यो दिनमा रोपिएका यी संकल्पका सुन्दर बीज आजसम्म मौलाइरहेका छन्। 





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

अनुप र वर्षाको ‘जय शम्भु’

अनुप र वर्षाको ‘जय शम्भु’

निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘जय भोले’को झापामा धमाधम छायांकन भइरहँदा उस्तै लाग्ने नाममा ‘जय शम्भु’को घोषणा...

सरोजका ‘यादहरु’ सार्वजनिक

गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत रहेको गीति संग्रह ‘यादहरू’ काठमाडौंमा लोकार्पण गरिएको छ। ...

दुई स्रष्टालाई भोजपुरको सम्मान

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक...

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको पछिल्लो कृति ‘भुइयाँ’ले ‘पहिचान पुरस्कार २०७४’ प्राप्त गरेको छ । राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका...