coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विकासको ‘विम्व’

सामान्य लेखपढ गरेर समाज सेवामार्फत राजनीतिलाई अघि बढाएका रामेश्वर साहको सपना थियो– लहानलाई समृद्ध सहर बनाउने । यसका लागि उनी २०२९ सालमै तत्कालीन ‘लहान बजार आदर्श गाउँ पञ्चायत’ को प्रधानपञ्च बनेका थिए । उनलाई यो गाउँ पञ्चायतको पहिलो मुखिया (प्रधान) बन्ने सौभाग्य प्राप्त भयो । उनले आफ्नो कार्यकालमा लहानलाई गाउँ पञ्चायतबाट नगरपालिका (२०३२) बनाए ।
उनले आफ्नो राजनीतिको छातामुनि लहानको ‘मटिअर्वा डेउढी’ बाट पीडित खेमालाई समेट्दै राजनीतिक यात्रालाई अघि बढाए । दलित गरिब र सीमान्तकृतलाई साथ लिएर राजनीतिक यात्राअघि बढाउँदै समृद्ध लहान सहरको सपना पूरा गर्न लम्किएका उनले त्यस बेला स्रोतसाधनको अभावमा सोचे जति गर्न सकेनन् । आफ्नो अधुरो सपना छोराहरुले पूरा गरून भन्ने लालसा थियो उनमा ।
आफ्नो सपना पूरा गर्न दुई छोरा मुनि साह र निरश चौधरी पनि समाजसेवामार्फत राजनीतिमै लागून् भन्ने उनी चाहन्थे । जेठा मुनि बुबाको बाटोमा हिँडे । उनले राजनीतिमार्पmत विकासमा कायापलट गर्ने योजना बनाए । औपचारिक रुपमा २०४९ सालमा स्वतन्त्र उम्मेदवारमार्पmत राजनीतिक यात्रामा हिँडेका उनी साढे तीन दसकपछि फेरि महत्वपूर्ण पदमा पुगेका छन् । २०५४ मा नेकपा एमालेबाट लहान नगरपालिकाको मेयर बनेका उनी हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट पुनः लहान नगरपालिकाको मेयर निर्वाचित भए ।
मुनि साह आफ्नो पालामा लहानलाई सहरी विकासको मोडलमा विकास गर्ने अवधारणा ल्याएका थिए । खुट्टी खोलाको पानीले नगर सिँचाइको सुविधा पु¥याएर कृषि क्रान्ति आरम्भ गरेको श्रेय उनलाई जान्छ । यद्यपि यो दुई दसकमा नहरको सिँचाइ प्रणाली राजनीतिक खिचातानीले अवरुद्ध भैसकेको छ । दुई दसकअघि आफूले सुरुवात गरेको यो सिँचाइ नहरलाई आधुनिक मोडेलमा विकास गर्ने योजनालाई प्राथमिकतामा राखेर काम सुरुवात गर्ने सुर कसिसकेका छन्, उनी । छठ पूजा अगाडि नहरलाई जीर्णोद्धार गरेर बाँकी काम त्यसपछि सुरु गर्ने उनको योजना छ ।
पहिलोपटक २०५४ सालमा लहानको मेयर बन्दा साह ४३ वर्षका थिए । उनले लहानमा विकास झल्किने गरी केही उल्लेखनीय काम गरे । लहानका सडक विकास, खुट्टीखोला पुल निर्माण, राजमार्गबाट बजारसम्मको मुख्य सडक चौडा बनाएर कालोपत्रे गर्ने काम, लहानमा खसिबोका हटिया लगाउनेजस्ता थुपै काम गरे ।
सदाबहार ‘मेयरसाब’
लहान सहरका ‘सदाबहार मेयर’ मुनि साह परिवारभित्र पनि ‘मेयरसाब’ भनेर सम्बोधन गरिन्छन् । पारिवाररिक सदस्यका अनुसार साह राजनीतिक चरित्रले भरिपूर्ण व्यक्ति हुन् । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनैपर्ने स्वभावका कारण उनी राजनीतिमा पनि सफल भएको परिवारिक सदस्य बताउँछन् । राजनीतिमा हात हालेको केही वर्षमै (२०४९ सालमा) उनी लहान नगरपालिकाको मेयरमा चुनाव लडे । सुरुमा असफलता हात लागे पनि २०५४ को स्थानीय निकाय निर्वाचनमा भने लहानको मेयर बन्न सफल भए । ‘उहाँले राजनीतिमा लाग्दा जहाँ जुन जिम्मेवारी पाउनुभयो, त्यसलाई सफलतापूर्वक निर्वाह गर्नुभयो,’ छोरा विशालले भने, ‘सायद त्यही भएर हुनुपर्छ, यसपटक पनि ‘मेयरसाब’लाई सफलता मिलेको छ ।’
विशालको विचारमा उहाँको सफलतामा सबैभन्दा बढी उहाँको आफ्नै राजनीतिक स्वभाव महŒवपूर्ण छ, त्यसमाथि उहाँको व्यतित्व र परिवारले अनुकूल वातावरण निर्माण गरिदिँदा यात्रा सुगम भयो ।
राजनीतिक स्वभाव
साहको राजनीतिक यात्रामा महŒवपूर्ण सहयोगी रहेका एमाले नेता सुलेमान मिया(अंसारी) मुनि साहको व्यक्तिगत व्यवहार र पारिवारिक वातावरण प्रेरणादायी रहेको बताउँछन् । उनी खानदानी सम्पन्न व्यक्ति भए पनि व्यवहारमा भने त्यो झल्किँदैन । ‘उहाँको घरमा पार्टीको जोसुकै कार्यकर्ता पनि सजिलै जानसक्छ,’ उनी भन्छन्, ‘सरल, मिजासिलो र नम्र स्वभावले जो कसैलाई सजिलै आकर्षित गर्नसक्छ ।’
प्रतिस्पर्धी दलका नेता–कार्यकर्ता पनि उनको राजनीतिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्छन् । नेकपा एमाले लहान नगरका नेता विनोद साह मुनिलाई राजनीतिक रुपमा सफल व्यक्तित्व ठान्छन् । ‘उहाँले अहिलेसम्म गरेका राम्रा काम हेरेरै यसपटक लहानबासीले फेरि मौका दिएका छन्,’ उनले भने, ‘यो उहाँका लागि अवसर र चुनौती दुवै हो ।’
लोकप्रिय ब्रान्ड ‘मेयरसाब’
स्वतन्त्र उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचन लड्दा मुनि साहको चुनाव चिह्न थियो– साइकल छाप । उनी चुनाव जितेर नगरमा विकास र समृद्धिको पाइडल चलाउन चाहन्थे तर परिणाम उनको पक्षमा आइदिएन ।
त्यो अवसर पाउन उनले पाँच वर्ष कुर्नुप¥यो । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेबाट लहानको मेयर निर्वाचित भए । राजनीतिक खेल मैदानमा उनको यो पहिलो ‘इनिङ’ थियो, जुन अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावका बखत विभाजित मतलाई एकत्रित पारेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आफूलाई एउटा राजनीतिक ‘ब्रान्ड’का रुपमा स्थापित गरे– ‘मेयर साब’ को रुपमा ।
२० वर्षपछि लहान नगरपालिकामा मुनी साहको पुनःप्रवेश भयो । लहान नगरका जनताले दल हैन लोकप्रिय ब्रान्ड ‘मेयर साब’ रोजे । उनी आबद्ध दलले मधेसविरोधी आरोप खेपिरहेको बखत मधेस आन्दोलनको उद्गम स्थल लहानमा साहले भने सानदार जित निकाल्दै एमालेको रातो झन्डा फहराए । उनी आबद्ध दल नगरका २४ मध्ये ९ वडामा सीमित हुँदा साहले सानदार जित निकाले ।
व्यक्तित्वमाथि भरोसाको मत
साहले पाँच वर्ष अवधि(२०५४–२०५९) मा लहानको मुहार बदल्ने काम गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो । उनको विकासे योजनाले जनतामा भरोसा भर्ने काम ग¥यो । ‘मुनि साहले जित्यो भने लहानको विकासमा केही गर्छ भन्ने विश्वास देखियो,’ लहान–७ का मनोज भगतले  भने, ‘उहाँले पनि मतदातामा यो विश्वास भर्न सक्नुभयो ।’
करिब ९० हजार मानिस बसोबास गर्ने लहान नगरपालिकामा ४७ हजार ५ सय मतदाता छन् । चुनावमा दलभन्दा व्यक्ति हेर्ने लहानको विशेषता हो । यहाँका झन्डै २० देखि ३० प्रतिशत मतदाता कुनै दलप्रति आबद्ध नभई ‘तटस्थ’ बस्ने गरेको अनुमान गरिन्छ । निर्वाचनमा यिनै मतदाताले उम्मेदवारको दल हैन, चेहरा(व्यक्तित्व) हेरेर मत खसाल्छन् ।
यसपल्टको निर्वाचनमा मौन मतदाता साहतिर ढल्किए । कतिपय पार्टीकै प्रतिबद्ध सदस्यले पनि व्यक्तित्वलाई प्राथमिकता दिए । ‘वडाअध्यक्षमा रुख जित्ने तर मेयरमा साहको मत बढी हुने कस्तो अचम्म ?’ लहानका एक कांग्रेसी नेताले भने, ‘हाम्रा कार्यकर्ताहरु पनि मेयरमा दलभन्दा व्यक्तिको अनुहार हेरेको देखियो ।’
एमालेले संविधान संशोधनको औचित्य प्रष्ट नपारी पक्षमा उभिन नसकिने अडान राखिरहँदा यसपटक उनका लागि राजमार्गभित्रका मधेसी भोट प्रतिकूल ठानिएको थियो । साहले भने सोही क्षेत्रबाट अपेक्षाभन्दा बढी भोट ल्याए । उनी आफैं यो चुनावलाई विकास र नगरको समृद्धिसँग जोडेर चुनावी अभियान चलाए । ‘उहाँले आफ्नो पहिलो कार्यकालमा पनि नगरको विकासलाई प्राथमिकतामा राखेर काम गर्नुभयो, कसैलाई काखापाखा गर्नुभएन’ लहानका शिक्षक बद्रीनारायण चौधरी भन्छन्, ‘अहिले जसले जे भने पनि उहाँप्रतिको पुरानो जनविश्वासले चुनावमा काम गर्यो ।’
परीक्षाको घडी
सबैले भन्छन्– ‘मेयर साब’ लहानमा एक राजनीतिक ब्रान्ड हुन्, चुनाव लड्नका लागि उनका लागि नामै काफी छ । दुई दशकअघि स्थापित ‘मेयर साब’ ब्रान्डलाई यस पटकको निर्वाचनले लोकप्रिय भएको प्रमाणित गरेको छ । यसले स्वयं साहलाई पनि उत्साही बनाएको छ । ‘मेयर साब ‘ब्रान्ड’ ! यो त जनताले मप्रति विश्वास व्यक्त गर्नुभएको हो,’ उनले भने, ‘मचाहिँ अझ कसरी जनताको पक्षमा राम्रो गर्ने भन्नेमा छु ।’
लहान नियोजित रुपमा ‘लागू औषध’ को दलदलमा धकेलिँदै छ । यहाँका कर्मशील युवाहरुलाई लागू औषधको लतमा फसाएर बेकामे बनाउने गिरोहलाई कानुनी कारबाहीको दायरामा ल्याएर लहानलाई लागू औषधमुक्त सहर बनाउने उनको अठोट छ । लहानको २४ वटै वडामा सडक सञ्जाल (रिङ रोड) विस्तार गर्ने योजनाको कामलाई उनले अघि बढाएका छन् ।
मतदाता पनि यसपटक दुई दसकअघिको भन्दा अझ परिस्कृत ‘मेयर साब’ को अपेक्षमा छन् । यसका लागि उनले विकाससँगै चुनावमा विभाजित मतलाई एकत्रित पार्दै सबैका लोकप्रिय मेयर साबको भूमिका निर्वाह गर्नुपर्ने छ ।

प्रकाशित: १८ कार्तिक २०७४ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App