८ वैशाख २०८१ शनिबार
कला

डकुमेन्ट्रीको सन्तुष्टी फिचर फिल्ममा पाइन्न : निर्देशक बोस

काठमाडौं – भारतीय फिल्म निर्देशक तपन बोसले निर्देशन गरेको फिल्म ‘द एक्सपेन्डेबल पिपुल’ फिल्म साउथ एसियाको ११ औं संस्करणमा प्रदर्शन भइरहेको छ । जनताको न्यायको पक्षमा फिल्म निर्देशन गरिरहेको उनी यतिखेर फिल्म साउथ एसियामा सहभागि भएका छन् ।
जंगलहरुमा बसिरहेका आदिवासीविरुद्ध भारत सरकारले गरेको दमनमाथि फिल्म केन्द्रित रहेको छ । करिव एक घण्टा लामो डकुमेन्ट्रीमा आदिवासी जनताले विभिन चरणमा भोगेका पिडाहरु केन्द्रित गरिएको छ । उनले डकुमेन्ट्रीमा सन् १९८० देखिका पुराना फुटेजहरु संकलन गरेका छन् । ‘विगत ४० वर्षदेखि आदिवासीहरुले न्यायको लागि संघर्ष गरिरहेका छन् । उनीहरुको संघर्षमाथि यस डकुमेन्ट्री गत वर्षमात्र सकिएको हो । यो डकुमेन्ट्री सिध्याउँदासम्म आदिवासीहरुले न्याय पाइसकेका छैनन्,’उनले भने,‘भारतीय कानूनले केहीवर्षअघि ‘फरेस्ट राइट’ को अर्थलाई बंग्याएर आदिवासीलाई जंगल प्रयोग गर्नबाट बञ्चित गरिएको घटना फिल्ममा केन्द्रित गरेको छु ।’
भारतीय सरकारविरुद्ध खस्रो उत्तिएका निर्देशक बोसले डकुमेन्ट्रीमा मोदी सरकारलाई व्यंग्य गरेका छन् । ‘मोदीजी हरेक पटक करोडका कुरा गर्नुहुन्छ । आदिवासीको विकासको लागि करोडौंको कुरा सपना हो ।’
दक्षिण एसियाली देशहरुमा विकासको नाममा जंगलहरु फडानी भइरहेका छन् । जंगल वरपर बस्ने आदिवासीहरुको विषयमा कुनैपनि देशको राज्य पक्षले सकारात्मक कदम नचालेको उनका अनुभव छ । ‘आर्थिक लाभको लागि हजारौं हेक्टर जमिन नष्ट भइरहेका छन् । विडम्बना सबैतिर आदिवासीले जंगल फडानी गरे भनेर अनावश्यक कानून ल्याउने र त्यसको परिभाषालाई बंग्याएर आदिवासीलाई दुःख दिने कामको अन्त्य हुनुपर्छ ।’
उनले सन् १९८१ को ‘एन इन्डियन स्टोरी’ र १९८६ को ‘भोपालः बियोन्ड जेनोसाइड’ का लागि नेशनल फिल्म अवार्ड पाएका थिए । दुई पटक भारतको नेशनल फिल्म अवार्डबाट सम्मानित भइसकेका निर्देशक बोसले दुवै अवार्डहरु अस्वीकार गरिदिएका थिए । भारतीय सरकारको मनोमानीमा बाडिने अवार्ड आफूलाई मान्य नभएको उनको तर्क छ । ‘हामी न्यायको खोजीको लागि फिल्म निर्माण गछौं।  सरकार हाँसेका दलका कार्यकर्ता जनतालाई दुःख दिदैं हिड्छन् । यो हामीले गरेको मेहेनतमाथि व्यंग्य गरेको हो,’उनले भने,‘सन् १९८० मा भारतमा  प्रदर्शनको लागि निषेध गरिएको फिल्मबाट अवार्ड प्राप्त गरेको थिए । अहिले अवार्डको नाममा मोलतोल हुने गरेको छ । त्यसैले नेशनल अवार्ड बहिष्कार गरेको हुं ।’
आजसम्म कुनैपनि स्क्रिप्टमाथि बसेर काम नगरेका निर्देशक बोस तत्काल फिचर फिल्ममा काम नगर्ने बताउँछन् । ‘फिचर फिल्मको तुलनामा डकुमेन्ट्री निर्देशन गर्न चुनौतीपूर्ण हुन्छ । डकुमेन्ट्रीमा कथाको भाव मर्न पाउँदैन् । डकुमेन्ट्री निर्देशनमा पाइने सन्तुष्टी फिचर फिल्ममा पाइदैन् होला। ,’उनले भने । फिल्म समीक्षक समाज नेपाल (फिक्सन) र फिल्म साउथ एसियाले संयुक्तरुपमा अन्तक्रियाको आयोजना गरेको थियो ।
नन फिक्सन विधामा सक्रिय उनी मसालेदार बलिउड फिल्म उद्योगले भारतको मौलिक फिल्म क्षेत्रलाई छायाँमा पारेको तर्क गर्छन् । उनले ‘झारखण्ड’, ‘फ्रम बिहाइन्ड द ब्यारिकेड’ र ‘द भल्नरेबल रोडयुजर’ लगायत डकुमेन्ट्रीहरु निर्देशन गरिसकेका छन् । चारदिने महोत्सव आइतबारसम्म चल्नेछ ।

प्रकाशित: १९ कार्तिक २०७४ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App