coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

बेरुत – लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्।

हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।

‘लेबनानका सहिद रफिक अल–हरिरीको हत्या भएको बेलाका जस्तैको अवस्थामा हामी बाँचिरहेका छौं,’ साउदीको राजधानीबाट प्रसारण भएको टेलिभिजन कार्यक्रममा उनले बताए । ‘मेरो हत्या गर्ने षड्यन्त्रको गन्ध मैले पाएको छु,’ उनले बताए। टेलिभिजन कार्यक्रममा हरिरीले इरान समर्थित हेज्बुल्लाह नामक सिया आन्दोलन र इरानको आलोचनासमेत गरे । हेज्बुल्लाह लेबनानमा शक्तिशाली समूहका रुपमा रहेको छ । कार्यक्रम मै हरिरीले इरानले लेबनानसहित विश्वका विभिन्न देशमा ‘आतंक र विनाश’ रोपेको आरोपसमेत लगाए । उनले भने,‘इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको छ।’

प्रधानमन्त्रीबाट राजिनामा दिने हरिरीको कदमलाई अप्रत्याशित मानिएको छ । उनको पछिल्लो धारणा बेरुतबाट नभई साउदी अरबबाट आएकाले पनि त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । साउदी अरेबिया इरानको कट्टर विरोधी मुलुक हो।

सन् २००९ र २०११ काबीचमा प्रधानमन्त्री रहेका हरिरी गत वर्षको नोभेम्बर महिनामा पुनः लेबनानको प्रधानमन्त्री बनेका थिए । पछिल्ला केही दिनमा हरिरीले साउदी अरबको कैयौं पटक भ्रमण गरेका थिए । लेबनानमा दुई वर्ष लामो राजनीतिक गत्यावरोधलाई चिर्दै गत वर्ष प्रधानमन्त्री भएपछि हरिरीले ‘लेबनानका लागि नयाँ युग’ दिने प्रतिबद्धता गरेका थिए। 

प्रकाशित: १९ कार्तिक २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App