१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मी टिम च्याम्पियन

काठमाडौं – १७औं सिनियर तथा १०औं जुनियर आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ। 

नुवाकोटमा भएको प्रतियोगिताको सिनियरतर्फ आर्मीले ८ स्वर्ण, ५ रजत र १ कांस्य पदकसहित टिम च्याम्पियनसिप जित्यो । समान ६ स्वर्ण र रजत तथा  ३ कांस्य पदक जितेको एपीएफ क्लब दोश्रो, २ स्वर्ण, ७ रजत र ३ कांस्य जितेको पश्चिमाञ्चल तेश्रो भए।

जुनियर तर्फ च्याम्पियन बनेको मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको थियो । दोश्रो भएको एपीएफले ४ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो ।
सिनियरको पुरुषमा सागर कुँवर तथा महिलामा रन्जु पुलामी मगर उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा युनिश गौतम तथा महिलामा विपना मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै मध्यमाञ्चलका खेलाडी हुन् । चारै जनाले स्पाइरिङ र प्याट्रनमा स्वर्ण पदक जितेका थिए। 
प्रतियोगिताको अन्तिम दिन पुरुष ५१–५५ केजीमा पश्चिमाञ्चलका विराज कुमाईं, ६१–६५ केजीमा पूर्वाञ्चलका दिलन राई, ६६–७० केजीमा आर्मीका लीलाधर बस्नेत, ७१–७५ केजीमा एपिएफका हर्कलाल राजवंशी, ७६–८० केजीमा आर्मीका विजय सुनार र ८१–८५ केजीमा आर्मीका चाउची डंगोलले स्वर्ण जिते।

महिलाको ४१–४५ केजीमा मध्यमाञ्चलकी रन्जु पुलामी मगर, ४६–५० केजीमा आर्मीकी रुविना खड्का, ५१–५५ केजीमा आर्मीकी रिना धिमाल, ५६–६० केजीमा एपिएफकी शान्ती खत्री, ६१–६५ केजीमा आर्मीकी सिर्जना राई, ६६–७० केजीमा पश्चिमाञ्चलकी कामना पुन, ७१–७५ केजीमा आर्मीकी सिमा खाशुले स्वर्ण पदक जिते। 

दुई दिन चलेको प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

 

 

प्रकाशित: १९ कार्तिक २०७४ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App