७ वैशाख २०८१ शुक्रबार
खेल

तेस्रो अभ्यासमा नेपाल विजयी

ब्याटिङका लागि मैदान प्रवेश गर्दै नेपाली ओपनरहरू । तस्बिर सौजन्य : रमन शिवाकोटी

काठमाडौं– मोहम्मद आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि एसिसी यु–१९ युथ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ टोलीले तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको विजय हासिल गरेको छ।

आसिफ शेखले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि बंगलादेश क्रिरा शेख प्रोथिस्ठानको क्रिकेट मैदानमा २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
शतक बनाउनबाट १० रनले चुकेका आसिफले अर्का ओपनर जितेन्द्र सिंहसँग पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे । आसिफ ३२.१ ओभरमा शेफ हसनको बलमा एलबिडब्लु आउट भए । त्यसपछि नेपालले लगत्तै दुई विकेट गुमायो । ६ बलपछि नेपालले जितेन्द्रलाई पनि गुमायो । जितेन्द्रले १ सय ९ बलमा ४ चौका र १ छक्कासहित ४५ रन बनाए । त्यपछि अनिलकुमार शाहले पनि लामो इनिङ खेल्न सकेनन् । अनिलकुमार १५ रन बनाएर पवेलियन फर्किंदा कप्तान दीपेन्द्रसिंह ऐरी २५ र भीम सार्की १३ रनमा अविजित रहे । त्यसअघि रोहितकुमार पौडेलले ३ चौकासहित २५ रन बनाए।

बंगलादेश यु–१९ का रोनी होसैन, काजी एनिक इस्लाम र सैफ हसनको नाममा समान १/१ विकेट रह्यो।

 त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेश यु–१९ टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रनको रनको योगफल खडा गरेको थियो । बंगलादेशका लागि अमिनुल इस्लामले अविजित ८० रनको योगदान गरे । मोहम्मद रकिबले ३९, ओपनर पिनक अघोषले २३, रोविउल हकले अविजित २१ तथा शैफ हसनले १७ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका शाहब अलामले ३ तथा अनिलकुमार शाहले २ विकेट लिए । दीपेन्द्रसिंहको नाममा १ विकेट रह्यो । पहिलो खेलमा ३ विकेटको पराजय भोगेको नेपाल दोस्रो खेलमा १ सय २३ रनले पराजित भएको थियो । बिहीबारबाट मलेसियामा सुरु हुने यु–१९ युथ एसिया कपअन्र्तगत समूह ‘ए’ मा रहेको नेपालले भारत, बंगलादेश र आयोजक मलेसियाविरुद्ध खेल्नेछ। 

आसिफ शेखले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

प्रकाशित: २० कार्तिक २०७४ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App