७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

काठमाडौं— सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ। पाँच दिनसम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए।

विगत केही वर्षदेखि नियमित रुपमा सन्चालन हुँदै आएको दन्त शिविर बौद्धस्थित स्रोनछेन भृकुटी बोडिड स्कुलमा सन्चालन भैरहेको हो। नोभेम्बर १० तारिकसम्म चल्ने सो दन्त शिविरका लागि न्यूयोर्कबाटै सम्पूर्ण आवश्यक सामाग्रीसहि ५० जना विद्यार्थीहरु स्वयंसेवकको रुपमा आएका छन्।

विशेषत महिला, बालबालिका र बृद्धहरुका लागि फोकस गरिएको यस द्धन्त शिविर नेपालमा पाँचौ पटक आयोजना गरिएको हो। यस पटक यस दन्त शिवीर सुर्खेतको कपिला भ्याली स्कुलमा पनि पाँच दिनसम्म चलेको थियो।

प्रकाशित: २० कार्तिक २०७४ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App