८ वैशाख २०८१ शनिबार
कला

सोनाक्षीको ‘दबंग’ मोह

मुम्बई– बलिउडकी ‘दबंग’ गर्ल सोनाक्षी सिन्हा हालका दिनमा आफ्नो फिल्म ‘इत्तेफाक’को सफलताको खुशी मनाइरहेकी छन् । फिल्मको सफलताको खुशी मनाइरहँदा उनले आफ्नो र अभिनेता सलमानको विषयमा एउटा गहकिलो कुरा बोलेकी छन्।

सन् २०१० मा सलमानसँग अभिनित फिल्म ‘दबंग’मार्फत अभिनयमा डेब्यु गरेकी सोनाक्षीले ‘दबंग’को अर्को सिक्वलेको विषयमा नयाँ कुरा बोलेकी हुन् । उनले आफू फिल्मको अर्को संस्करणमा पनि जस्तो सुकै भूमिकामा पनि आउन तयार रहेको बताएकी छिन् ।  ‘फिल्ममा मेरो भूमिका सानो नै किन नहोस्, त्यसमा काम गर्न म तयार छु,’ उनले भनेकी छन्, ‘मलाई फिल्मी बाटो देखाएकामा जहिल्यै पनि सलमानप्रति आभारी छु । म आज जुन स्थानमा छु, त्यो दबंगको एउटा हिस्सा नै हो।’

उनले ‘दबंग’को नयाँ संस्करण आगामी वर्षदेखि शुरु हुने बताइन् । आफ्नो करियरको शुरुवातमा हिरो केन्द्रित फिल्ममा काम गरेका कारण उनले दर्शकबाट आलोचना पनि खेपिन् । उनले प्रारम्भिक समयमा सलमानसँगै ‘दबंग’ र अक्षय कुमारसँग ‘राऊडी राठौर’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित: २० कार्तिक २०७४ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App