८ वैशाख २०८१ शनिबार
प्रवास

जापानमा ‘ऐश्वर्य’ प्रदर्शन हुने

टाेकियाे – गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । अागामी नोभेम्बर १९ तारिखमा टोकियोकाे नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शन हुँदैछ । डेस्टिनी क्रियसन कम्पनी टाेकियाेमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन गर्न लागेकाे हाे ।

युट्युवमा हेरिएको ‘तिमी रोएको पल तिमीलाई’ गीत चर्चामा रहेको यो फिल्म प्रदर्शनमा अभिनेता रमेश उप्रेती समेत उपस्थित हुनेछ्न् । फिल्मलार्इ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता रमेश उप्रेती ,केकी अधिकारी, दीपिका प्रसाइँ, अर्जुन श्रेष्ठ, केशब भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा र अमित पोखरेल लगायत कलाकारको अभिनय गरेका छन् । फिल्म टोकियोबाहेक तोचिगी, नागोया र फुकुओका लगायत शहरमा प्रदर्शन गरिनेछ ।

 

प्रकाशित: २० कार्तिक २०७४ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App