अहिलेको समय भनेको प्राविधिक विकासको समय हो । यसैलाई आत्मसात गरेर नेपाल एसबिआई बैंकले दरबारमार्गमा नेपाल एसबिआई इनटच आउटलेटको स्थापना गरेको छ । यस इनटच आउटलेटको उद्देश्य ग्राहकलाई बैंकिङका लागि वैकल्पिक माध्यमको सुविधा मात्रै नदिएर कागजरहित बैकिङलाई पनि यथार्थमा ल्याउनु रहेको छ ।
नेपाल एसबिआईको उद्देश्य आधुनिक प्रविधि तथा मेसिनको प्रयोगबाट तत्काल, झन्झटरहित सरल पद्धतिले वित्तीय साक्षरता सहितको बैंकिङ सुविधा तथा अनुभव प्रधान गर्ने केन्द्र हुनुपर्छ भन्ने कुरा एसबिआई बैंक केशरमहलका अधिकृत नवीन चापागाईंले बताए । उनले नेपाल एसबिआई बैंकले (एनएसबिएल) ले आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पल्ट एओके काउन्ट ओपनिङ किओस्क, डिसिपिके (डेविट कार्ड प्रिन्टिङ किओस्क), आइएनबि किओस्क, डिजिटलवाल, सिआरएम (क्यास रिसाइक्लर मसिन), एसएसके, सिडिएम/रिसाइक्लर र एटिएम सेवाहरु ल्याएको पनि जानकारी दिए ।
एओके काउन्ट ओपनिङ किओस्क
यस मेसिनबाट ग्राहकले आफैँ तत्काल वचत खाता खोल्न सक्छन् । यसले ग्राहकको समयको वचत गर्ने काम गर्छ ।
डिसिपिके (डेबिट कार्ड प्रिन्टिङ किओस्क)
ग्राहकले आफ्नो खाता खोलिसकेपछि आफैंले व्यक्तिगत भिसा डेविट कार्ड लिन सक्छन् । अहिले धेरै बैंकमा डेविट कार्ड पाउन हप्ता दिनसम्म वा महिना पनि कुर्ने अवस्था छ । यस सुविधाले एक क्लिकको भरमा कार्ड प्राप्त गर्न सकिन्छ । यसले एटिएम पिन जारी र पुनः पिन जारीसमेत गर्ने सकिन्छ ।
आइएनबि किओस्क
यसले ग्राहकलाई आफ्नो इन्टरनेट बैंकिङमा लगअन गरेर आपूmलाई बैंकको बारेमा चाहिने सूचना पाउन सक्छन् ।
डिजिटलवाल
इनटच आउटलेटमा टाँगिएको ६५ इन्चको अन्तरक्रियात्मक स्पर्श मनिटरले सुरुवाती समयमा बैंकको उत्पादन तथा सेवाहरुको विस्तृत विवरण दिने गर्छ । यसका साथै एसबिआई बैंकले गरेको प्रगति विवरणको जानकारी पनि दिन्छ ।
सिआरएम (क्यास रिसाइक्लर मसिन)
यस मेसिनले नगद जम्मा गर्ने र झिक्न सहयोग गर्छ ।
नेपाल एसबिआई इनटचले भविष्यमा निःशुल्क वाइफाइ क्षेत्र, बैंकका योग्य विशेषज्ञहरुसँग भर्चुअल अन्तरक्रिया र थप अन्तरक्रियात्मक टच स्क्रिन पनि थप्ने रहेको छ ।
प्रस्तुतिः सुस्मिता लाल
प्रकाशित: २० कार्तिक २०७४ ०८:१६ सोमबार