८ वैशाख २०८१ शनिबार
कला

श्रेष्ठको ‘पल पल’

टोकियो- जापानमा बसोबास गर्दै आएका संचारकर्मी रविन्द्र श्रेष्ठले आफ्नो पहिलो गीत‘पल पल’ सार्वजनिक गरेका छन्। यो सँगै उनले आफु गायन क्षेत्रमा प्रवेश गरेको जनाएका छन्।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन्।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन्।

प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ।

गीतको निर्माण एनामोर्फिक फिल्मसले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ। जापानलाई कर्मभूमि बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ अनलाईन न्युज पोर्टल नेपालसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन्।

 

प्रकाशित: २० कार्तिक २०७४ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App