७ वैशाख २०८१ शुक्रबार
कला

‘फेरि–फेरि’मा अर्पण–ऋचा जोडी

काठमाडौं- टेलिभिजनमा प्रसारित टेलिफिल्ममा ‘दोहो¥याइ दोहो¥याइकन’ थेगो बोलिरहने हाँस्य कलाकार निर्देशक पुरन थापाले निर्माण गर्न लागेको फिल्म ‘फेरि–फेरि’मा अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको जोडीले रोमान्स गर्ने भएका छन् ।
हास्य विधामा अघिल्ला दुई फिल्म ‘पिरिम प¥या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ बनाइसकेका पुरनले तेस्रो फिल्ममा पनि हास्य कथा नै राखेका छन् । फिल्ममा ओमप्रतीक गुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुरनको पनि अभिनय हुनेछ । पुरनले नेपालमा पलिहलोपटक ल्याएका ‘रेड इपिक डब्लू हेलियम एट के क्यामेरा’ले फिल्म खिचिने छ । माता बसुन्धरा मुभिजको ब्यानरमा बन्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व, विकास चौधरीको संगीत र रामेश्वर कार्कीको छायांकन हुनेछ ।

 

 

प्रकाशित: २१ कार्तिक २०७४ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App