coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बादी हर्वल

बादी हर्बलको स्थापना २०६७ सालमा भएको हो । बादी हर्बलको मुख्य प्रोडक्टहरुमा ट्रिटमेन्ट बेस फेसियल किट, क्लिनजिङ मिल्क, फेस प्याक, मस्चराइजर, स्कर्ब, मेनिकियर लगायतका छन् ।
बादी हर्बल एउटा उच्च गुणस्तरीय हर्बल कम्पनी हो । यसका सामानको खरिद दर बजारका अन्य सामानहरु भन्दा निकै सस्तो छ । सुरुदेखि नै बादी हर्बलले आफ्नो उत्पादनलाई भ्याट बिलमा खरिद गरेर बेच्ने गर्छ । त्यसैले यसको मूल्य अन्य सामानहरुभन्दा सस्तो छ ।
बादी हर्बलका सामानहरु नेपालसहित २९ वटा देशहरुमा निर्यात हुन्छ । जसमा संयुक्त राज्य अमेरिका, साउथ अफ्रिका, कोरिया, रसिया, नर्वे, मलेसियामा कम्पनीको एकाधिकार बजार रहेको छ । नेपालमा अहिले बादी हर्बलको सामान आठ हजार पाँच सयभन्दा बढी ब्युटी पार्लरहरुमा प्रयोग भइरहेको छ । अहिले यसको बिजनेस पार्लरमा मात्र सीमित छ । आगामी दिनमा बादी हर्बलले आफ्ना सामानहरु जेनरल मार्केट र मिनी मार्केटमा लैजाने सोचमा छ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App