८ वैशाख २०८१ शनिबार
राजनीति

गगन थापाको घरदैलो: काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं—काठमाडौं–४ बाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले मंगलबार बिहान घरदैलो अभियान सञ्चालन गरेका छन्। कालोपुल, ज्ञानेश्वर, सिफल क्षेत्रमा घरदैलोमा निस्किएका उनी समक्ष स्थानीयले अाफ्ना समस्या र गुनासा सुनाए।

कालोपुलका सुरेशप्रसाद उपाध्यायले विकास निर्माणका लागि भनेर ठूलो रकम आए पनि ठेकेदारले समयमै काम नसक्दा स्थानीयबासी धुलो र हिलोबाट सास्ती खेप्नु परेको गुनासो सुनाए। ‘विकास निर्माणका कामका लागि करोडौं पैसा आउँछ तर ठेकेदारले समयमा काम नगर्दा स्थानीय धुलो र हिलोबाट पीडित हुनुपर्ने स्थिति छ’, उनले गुनासो पोखे, ‘समयमै सडकको काम पूरा नगर्ने ठेकेदारलाई कारवाही होस्।’

‘विकास निर्माणका कामका लागि करोडौं पैसा आउँछ तर ठेकेदारले समयमा काम नगर्दा स्थानीय धुलो र हिलोबाट पीडित हुनुपर्ने स्थिति छ’, उनले गुनासो पोखे, ‘समयमै सडकको काम पूरा नगर्ने ठेकेदारलाई कडा कारवाही होस्।’

जवाफमा नेता थापाले स्थानीय तहले पाउनेमध्ये काठमाडौं-४ मा सबैभन्दा बढी विकास बजेट अाएको उल्लेख गर्दै ठेक्का प्रणालीका कारण त्यो परिचालन हुन समस्या देखिएको स्वीकार गरे। त्यसलाई सुधार गर्न आफूले ठेक्का प्रणाली सुधारका लागि राष्ट्रिय योजना आयोगमा विस्तृत प्रतिवेदन नै बुझाएको उनले बताए। ‘फेरि सांसद भएँ भने त्यसलाई फलोअप गर्ने मात्र होइन कानुन बनाउनै पहल गर्नेछु’, उनले भने।

ज्ञानेश्वरकी लक्ष्मी कार्कीले नेता थापा स्वास्थ्यमन्त्री हुँदा ल्याएको परिवर्तनको प्रशंसा गर्दै शिक्षा सुधारका लागि काम गर्न आग्रह गरिन्। ‘तपाइँ स्वास्थ्यमन्त्री हुँदा पाठेघरको उपचारसहित महिला स्वास्थ्यमा धेरै राम्रो काम गर्नुभयो। अस्पताल सुधारका लागि राम्रा नीति ल्याउनु भयो। सरकारी शिक्षा गुणस्तरहीन छ त्यसलाई सुधार गर्न पहल गरिदिनु पर्‌याे’, उनले भनिन्।

जवाफमा नेता थापाले शिक्षा र स्वास्थ्य जनताको जीवनस्तरसँग सोझै जोडिएको विषय भएको उल्लेख गरे। 'शिक्षा र स्वास्थ्य सुधार गरी धनी र गरिबलाई समान तहमा ल्याउन सकिन्छ। कल्याणकारी राज्यले गर्नै पर्ने काम पनि यही हो', उनले भने, 'त्यसैले म पूर्ण रुपमा यिनै क्षेत्रमा समर्पित भएर काम गर्न चाहन्छु।'

कालोपुलका स्थानीयबासी कविन्द्र काफ्लेले नेता थापालाई काठमाडौं चार नम्बर क्षेत्रको मात्र नभई राष्ट्रिय नेता बन्न आग्रह गरे। पूर्व न्यायाधीश समेत रहेका काफ्लेले भने, ‘तपाइँ एउटा क्षेत्रको मात्र नभई राष्ट्रिय नेता बन्नुभएको छ। यो अभियानमा लाग्नुहोस्। हाम्रो सधैँ साथ रहनेछ।’

‘स्थानीय जनताले आशा, गुनासा व्यक्त गर्नुभएको छ’, नेता थापाले नागरिकन्युजसँग भने, ‘धेरैजसो गुनासाहरु विकासका काम पूरा नभएको सम्बन्धी आएका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्न जनअाग्रह अाएको छ।’

थापाले कालोपुल, ज्ञानेश्वर र सिफल क्षेत्रमा मंगलबार मध्यान्ह १२ बजेसम्म चुनाबी घरदैलो गरेका हुन्। खानापछि २ बजेदेखि कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App