coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हँसाउने ‘कागजपत्र’

काठमाडौं– कमेडी फ्लेबरमा बनेका फिल्ममा दर्शकको चाप बढ्दै गएपछि फिल्म लेखक, निर्माता र निर्देशक पनि कमेडी फ्लेबरका फिल्ममा आकर्षित हुन थालेका छन् । अघिल्लो वर्ष फिल्म ‘झुम्की’मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक अपिल विष्टले कमेडी फ्लेबरको फिल्म ‘कागजपत्र’को घोषणा गरेका छन्।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले फिल्म शुक्रबारबाट फ्लोरमा जाने बताए । ‘फिल्ममा कमेडीसँगै सामाजिक व्यंग्य पनि देखाइनेछ,’ फिल्मका लेखकसमेत रहेका उनले भने, ‘प्रेम र भावुकता पनि फिल्ममा हेर्न पाइनेछ ।’ उनका अनुसार अधिकांश फिल्मको दृश्य दाङमा र केही दृश्य मात्र काठमाडौंमा खिचिनेछ।

वल्र्डवाइड फिल्मस् र अस फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति शिवाकोटी निर्माता र बिरासद बस्नेत कार्यकारी निर्माता छन् । फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के, आर्जेश रेग्मी, निराजसिंह बिष्ट, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, भीमा मैनाली, उज्जवल शर्मा, विशाल पहाडी, रञ्जना ओली, भरत सापकोटा र आइपी आचार्यको अभिनय रहनेछ।

कार्यक्रममा फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेकी नायिका शिल्पाले चिनिएका कलाकारसँग फिल्ममा काम गर्न लाग्दा नर्भस भएको खुलाइन् । ‘म उहाँहरूको फ्यान हुँ । अहिले उहाँहरूसँगै स्क्रिन शेयर गर्न पाउँदा नर्भस अनुभव गरेकी छु,’ उनले भनिन्, ‘स्क्रिप्ट र टिम राम्रो लागेकोले काम गर्न इच्छुक भएकी हुँ।’

अभिनेता नाजिरले नाटकमा सँगै अभिनय गरेको कलाकार सरितासँग फिल्ममा पनि काम गर्न पाउँदा खुशी लागेको बताए । ‘फिल्म कमेडीमा आधारित प्रेमकथा छ । दर्शकका लागि पक्कै रुचिकर हुनेछ,’ उनले भने।

फिल्मलाई शुभकामना दिँदै अभिनेता सुनिल थापाले धेरै रुपैयाँ लगानी गरेर फिल्म राम्रो नबन्ने जनाउँदै कम बजेट पनि राम्रो फिल्म बन्ने बताए । आफू फिल्म क्षेत्रमा आएदेखि नै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सपना साँचिरहँदा पछिल्लो पुस्ताले त्यो सपना पूरा गरेको दाबी गरे । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, संगीत सापकोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन र कासिमिर डिक्सनको छायांकन हुनेछ ।

प्रकाशित: २२ कार्तिक २०७४ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App