८ वैशाख २०८१ शनिबार
राजनीति

विपक्षीको कमजोरी औंल्याउँदै भोट माग्दै

नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह भेरी नगरपालिका ८ वुरुंगेमा स्थानीय महिलाहरुसंग भोट माग्दै। तस्बिर: जनक केसी

जाजरकोट- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा  वाम गठवन्धन र नेपाली कांग्रेसबीचम कडा प्रतिष्पर्धा देखिएको  जाजरकोटमा दुवै पक्षका उम्मेदवारहरुले एक अर्काको  कमजोरी देखाउँदै  जनतासंग  भोट माग्न थालेका छन्। घरदैलो र  कार्यकर्ता भेटघाटलाइ  तिव्रता दिएका दुवै दलका उम्मेदवारहरुले  जनतासंग आफनो वढाइचढाइ र विपक्षीको  कमजोरी औंल्याउदै भोट माग्न थालेका हुन् ।

 नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधि सभामा उम्मेदवार बनेका राजीवविक्रम शाह एमाले र माओवादीले  सत्ता प्राप्तिको लागि मात्र गठवन्धन गरेको तर आफुले  जनताको सेवाका लागि जनतासंगै  गठवन्धन गर्न चाहेकोले  जनताको असली साथी आफु भएको भन्दै भोट मागिरहेका छन्।  चुनाव प्रचार प्रचारका क्रममा  घरदैलो,  आम सभा र कार्यकर्ता भेटघाटमा उनले  आफु काठमाडौंको सबै सुख विर्सेर गरिव दु:खी जाजरकोटीको सेवा गर्न आएकोले आफुलाइ  भोट दिन  आग्रह गरिरहेका छन्। कांग्रेस उम्मेदवार शाहले   वाम गठवन्धनका उम्मेदवारहरुले आफुले जस्तो जनतालाइ निस्वार्थी सेवा  गर्न नसक्ने भन्दै  आफुले मात्र जनताको निस्वार्थ सेवा गर्न सक्ने   भएकोले  जनताले  आफुलाइ भोट दिनुपर्ने बताउछन्।

उता  वाम गठवन्धनका तर्फवाट  साझा उम्मेदवार रहेका  माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेतले   विगत लामो समय देखि  आफु जनताको सुख र दु:खमा साथै रहेकोले  आफुलाइ भोट दिन  आग्रह गरिरहेका छन् ।  एमाले माओवादीका कार्यकर्ताका साथमा  घरदैलो तथा आमसभामा  व्यस्त रहेका  बस्नेतले  जाजरकोटलाइ  केन्द्रिय पहुँच सम्म जोड्न सक्ने  क्षमता आफुसंग मात्र भएकोले   भोट दिन  जनतासंग आग्रह गरिरहेका छन् ।  विगतका महामारी र जनताका दु:खका बेला  आफुले  दिएको साथलाइ जनताले  कहिले पनि भुल्न नसक्ने भन्दै  बस्नेतले  देशमा  स्थायी  शान्ति  राजनैतिक स्थायित्व  अनि विकास  वाम गठवन्धनले  चुनाव जिते मात्र सम्भव हुने  भन्दै जनतासंग भोट मागिरहेका छन्।

  बस्नेतले  कांग्रेसबाट मुलुक परिवर्तनको आसा गर्न नसकिने  भन्दै   आफुलाइ भोट हाले मात्र  देशको सम्वृद्धि सम्भव भएको  बताउने गरेका छन् ।  उता  प्रदेश सभाका  लागि  क्षेत्र नम्वर १मा  कांग्रेसको तर्फवाट उम्मेदवार रहेका वेदराज सिंह  सवै  उम्मेर समूहका जनताको  मन र भावनालाइ  सम्वोधन गर्न सक्ने क्षमता भएको उम्मेदवार आफु मात्र भएकोले  जनताले  आफुलाइ भोट दिने  बताउछन्। 

चुनावी  प्रचार प्रसारमा  तिव्र प्रतिष्पर्धा गरिरहेका   दुवै  पक्षका नेताहरु  जनता रिझाउन  विभिन्न उपायाहरु  अपनाउन थालेका छन्। वाम गठवन्धनका तर्फवाट  प्रदेश सभाका लागि क्षेत्र नम्वर १मा  साझा  उम्मेदवार  बनेका  गणेशप्रसाद सिंह  आफुले जति जनताको  मुक्तिका लागि  कांग्रेसका  नेताले कुनै योगदान नदिएकोले  यो चुनावमा जनताको भोट आफुलाइ आउने दावी गर्छन्।

उता  प्रदेश सभाका  लागि  क्षेत्र नम्वर दुइमा  एमालेका  उम्मेदवार  करवीर शाहीले  जाजरकोटको विकटता हटाउन वाम गठवन्धनले जिते मात्र सम्भव भएको भन्दै  जनतासंग  भोट मागिरहेका छन् । कांग्रेसका तर्फवाट उम्मेदवार रहेका दिपकजंग शाहले  देशमा सवै राजनैतिक परिवर्तन कांग्रेसले मात्र गरेकोले  अबको आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले मात्र गर्न सक्ने भन्दै  भोट मागिरहेका छन्।

जाजरकोटमा भर्खरै सम्पन्न  स्थानीय तहको मत परिणाम अनुसार वाम गठवन्धन  कांग्रेस भन्दा  १८ हजार मतले  बढी देखिए पनि  यस पटकको चुनावमा  कडा प्रतिष्पर्धा देखिएको छ । दुवै पक्षका  उम्मेदवारहरु  निकै प्रभावशाली भएका कारण  चुनावी प्रतिष्पर्धा  कडा  हुने  स्थानीय बताउँछन्।

 

प्रकाशित: २२ कार्तिक २०७४ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App