१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एनसिसीको दोहोरो जित

काठमाडौं- सचिन गुप्ता र सुवास कँुवरले उत्कृष्ट ब्याटिङ गरेपछि एनसिसी बंैकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा बिहीबार दोहोरो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा एनसिसीले रमन जनरललाई १६ रन र ओम विकास बैंकलाई २५ रनले पराजित ग¥यो ।
सचिनले ३६ र सुवासले २२ रनको योगदान गरेपछि एनसिसीले रमन जनरलविरुद्ध ५ ओभरमा २ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो । जबाफमा रमनले ५ ओभर १ विकेटको नोक्सानीमा ७५ रन बनाएको थियो । रमनका सुमित श्रेष्ठले ३४ रन बनाए ।
अर्को खेलमा पनि एनसिसीका ओपनरले उत्कृष्ट सुरुआत गरेका थिए ।
ओम विकासविरुद्ध पनि सानदार ब्याटिङ गर्ने क्रममा सचिनले अविजित ३६ र सुवासले १९ रनको योगदान गरेपछि एनसिसीले ५ ओभरमा १ विकेटको नोक्सानीमा ६८ रन बनायो । जबाफमा ओम विकासले ५ ओभरमा ५ विकेट गुमाउँदै ४३ रन मात्र जोड्न सक्यो । एनसिसीका सुवास कुँवरले ३ विकेट लिए ।
बिहीबार भएका अन्य खेलमा सिप्रदीले प्रभु बैंकलाई ४४ रनले हरायो । नीतिश भट्टराईले ३५ र शैलेन्द्र नेपालीले २६ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको सिप्रदीले ५ ओभरमा बिनाविकेट नोक्सानीमा ९८ रन जोडेको थियो । जबाफमा प्रभुले ५ ओभरमा ३ विकेटको नोक्सानीमा ५४ रन मात्र जोड्न सक्यो ।
प्रभुका राजु केसीले ३५ रन बनाए । प्रतियोगिताका अन्य खेलमा सिभिल बैंकले सांग्रिला स्प्रिटलाई ५ विकेटले हरायो ।
माछापुच्छ«ेले अन्नपूर्ण मिडियालाई ४ विकेट र सुनवी डिजाइनले मेघा बंैकलाई ४३ रनले पराजित गरे । सूर्य नेपालले जित हासिल गर्ने क्रममा प्रभुलाई ५ विकेटले हरायो । यसै गरी एनएमबीले नबिललाई १९ रनले र जनताले मेघालाई ५ विकेटले हराउन सफल भयो ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App