८ वैशाख २०८१ शनिबार
खेल

बलियो चुनौती पेस गर्ने विश्वास

काठमाडौं- नेपाली युवा टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अभ्यास खेलमा जस्तै एसिसी यु–१९ युथ एसिया कपमा बलियो चुनौती पेस गर्ने विश्वास लिएका छन् ।
‘बंगलादेश यु–१९ विरुद्धको अभ्यास खेलमा हामीले प्रतिस्पर्धात्मक नजिता निकालेका थियौं,’ प्रतियोगिताअघिको पत्रकार भेटमा नेपाली यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भने, ‘यस प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको छ । त्यसैले अभ्यास खेलमा गरेको प्रदर्शनलाई प्रतियोगितामा पनि निरन्तरता दिने विश्वास लिएका छौं ।’
यसै प्रतियोगिताको तयरीस्वरूप बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोलीले पहिलो दुई खेलमा पराजित भए पनि अन्तिम खेलमा बंगलादेशको यु–१९ टोलीलाई ६ विकेटले हराएको थियो । पहिलो अभ्यास खेलमा ३ विकेटले हारेको नेपाली युवा टोली दोस्रो खेलमा १ सय २३ रनले पराजित भएको थियो ।
नेपाल रहेको समूृह ‘ए’ साबिक विजेता भारत, आयोजक मलेसिया र बंगलोदश रहेको छ । नेपालले शनिबार पहिलो खेलमा बंगलादेशविरुद्ध खेल्नेछ । बंगलोदशका कप्तान मोहम्मद सेफ हसनले प्रतियोगिता राम्रो सुरुआत गर्ने बताए ।
‘नेपालसँगको अभ्यास खेलमा हामीलाइ दुईमा जित र एकमा पराजय भोगेका थियौं,’ बंगलादेशका कप्तान सेफ हसनले थपे, ‘नेपालले हामीलाई बलियो चुनौती पेस गरेको थियो । तर शनिबार सकरात्मक सुरुआत गर्ने विश्वास लिएका छौं ।’
साबिक विजेता भारतका कप्तान हिमांशु रानाले टोलीमा केही खेलाडी नभए पनि प्रतियोगितामा राम्रो गर्ने बताए । ‘सबै संस्करणका फाइनल खेलमा हामी पराजित भएका छैनौं,’ भारतका कप्तान रानाले भने, ‘पाकिस्तान र श्रीलंका पनि राम्रो टोली हो । केही खेलाडी नभए पनि नयाँ खेलाडीले उनीहरूको स्थान लिनेमा म विश्वस्त छु ।’
मलेसियाका कप्तान भिरन्दीप सिंहले एसिसीले आयोजना गरेको यो प्रतियोगिता युवा खेलाडीलाई प्रतिभा देखाउनका लागि राम्रो अवसर भएको बताए । 

प्रकाशित: २४ कार्तिक २०७४ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App