विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

शुक्रबार, २४ कार्तिक २०७४, १८ : ५७ नागरिक


काठमाडौं—वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

'भोट दिने जनताले दुःखमा जीवन बिताउनु पर्ने तर नेता धनी हुने? भोट दिने जनता उपचार गर्न घरखेत बेच्नुपर्ने तर नेता उपचारका लागि विदेशी अस्पताल जाने? यो स्थिति बदल्नु पर्छ भनेर हामी आएका छौं', उनले भने।

घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले देशमा परिवर्तनका लागि आफूहरु राजनीतिमा आएका बताए। 'भोट दिने जनताले दुःखमा जीवन बिताउनु पर्ने तर नेता धनी हुने? भोट दिने जनता उपचार गर्न घरखेत बेच्नुपर्ने तर नेता उपचारका लागि विदेशी अस्पताल जाने? यो स्थिति बदल्नु पर्छ भनेर हामी आएका छौं', उनले भने।

घोषणापत्रमा समेटिएका ५ महत्वपूर्ण विषय निम्नअनुसार रहेका छन्:

१. नेपाली समाजले पछिल्ला दशकहरुमा गुमाएको एउटा सुन्दर गहना इमान्दारी हो। हामी सहज रुपमा नेताहरुलाई भ्रष्ट भनेर गाली गर्छौं। तर हामीमध्ये कितले आफ्नो अनुहार ऐनामा हेरेका छौं? यो देशमा भ्रष्ट्राचार गाउँका सोझा कृषक र मजदूरले गरेका होइनन् र उनीहरुले आफ्नो इमान गुमाएका पनि छैनन्। अलिकति पढेलेखेका, बुझेका, देखेका र हरेक दिन देश बनाउने आदर्श छाँड्ने र हरेक दिन देशलाई घात गर्नेहहरुले इमान्दारी गुमाएका हुन्।

२. राजनीतिक, नीतिगत र प्रशासनिक तहको भ्रष्टाचार निर्मुल गर्न सामाजिक सचेतनासहित आवश्यक कानुनी व्यवस्था मिलाइनेछ।

३. नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबै मित्रराष्ट्रहरुसँग सन्तुलित वैदिशक सम्बन्ध कायम गर्ने र विशेषगरी दुई ठूला छिमेकीसँग समनिकटताको सम्बन्ध राखी अन्तरार्ष्ट्रिय मञ्चमा नेपाल र नेपालीको स्वाभिमानलाई उच्च राख्ने। सरकारका पदाधिकारीहरु तथा राजनीतिक दलका नेताहरुको विदेशी नियोग, नेता र कुटनीतिक कर्मचारीसँगको सम्पर्कलाई कुटनीतिक कार्यविधिअनुसार हुनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।

४. शिषा र स्वास्थ्यजस्ता आधारभूत सेवामा बढ्दो व्यापारिकरणमा रोक लगाई राज्यको प्रमुख दायित्व सुनिश्चित गरिनेछ। निजी क्षेत्र लगायत गैरसरकारी क्षेत्रको भूमिकालाई सुलभ र गुणस्तरीय सेवाका लागि नियमन गरिनेछ।

५. कृषि, जडिबुढी, जलस्रोत, पर्यटन र श्रममुखी उद्योग जस्ता तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी आधुनिकिकरण र दिगो विकास हासिल गर्ने। सो कार्यमा युवा रोजगारीको पक्षलाई प्रत्यक्ष रुपमा जोड्ने। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई अभिमुखिकरण तालिम साथै वैदेशिक रोजगार अनुभवको उपयोग हुने वातावरण तयार गर्ने।

घोषणापत्रको पूर्णपाठ






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...

श्रेयाको ‘मनचरी’ सार्वजनिक

श्रेयाको ‘मनचरी’ सार्वजनिक

गायिका श्रेया सोताङको मनचरी बोलको गीत सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले...

आकाशमा धुलो धुवाँको संगीत

​ गार्इ पाल्यो रेलीमाई बनको बाघलाई छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई... ...

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९...