coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जाजरकोटमा ५९ वर्षको चुनावी इतिहास तोडिदै

जाजरकोट- जाजरकोटको इतिहासमा कसैले पनि संसदको निर्वाचनमा ५९ वर्षदेखि दोहोर्‍याएर चुनाव जितेका छैनन्। तर यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भने यो इतिहास तोडिने निश्चित भएको छ।  

मंसिर १० गते हुने  निर्वाचनमा यस अघि चुनाव जितैकै दुइ उम्मेदवार मध्य एक जनाले  जित्ने निश्चित भएपछि चुनाव दोहोर्‍याएर नजितेको  इतिहास तोडिन  लागेको हो।  यो जाजरकोटको चुनावी इतिहासमा ५९ वर्ष पछिको  पहिलो  घटना हुनेछ।

प्रतिनिधि सभाको  निर्वाचनमा   कांग्रेस उम्मेदवार  राजीव विक्रम शाह र वाम गठवन्धनका उम्मेदवार  माओवादी केन्द्रका  नेता शक्तिवहादुर बस्नेत मध्य एक जनाले जित्ने  निश्चित भएपछि एउटै व्यक्तिले दुइ पटक चुनाव नजितेको इतिहास जाजरकोटमा  तोडिन लागेको हो।  शाह र बस्नेत २०७०को दोस्रो संविधान सभाको निर्वाचनमा   निर्वाचित  भएका थिए।

पहिलो पटक २०१५ सालमा भएको  आम निर्वाचनपछि  २०७० सम्म भएका निर्वाचनहरुमा  जाजरकोटबाट कोहि पनि   व्यक्ति सांसद पदमा नदोहोरिएको  स्थानीय जेष्ठ नागरिक  मानवहादुर सिंहले बताए।  जाजरकोटको  संसदीय चुनावी इतिहासलाइ हेर्दा  २०१५ सालको आम निर्वाचनमा  नेपाली कांग्रेसका  स्वयमप्रकाश विक्रम शाहले  चुनाव जितेका थिए भने त्यसको   १७ वर्ष पछि  २०३२ सालमा भएको   राष्ट्रिय पन्चायत सभाको चुनावमा भक्तवहादुर कार्कीले  चुनाव जितेका थिए।  त्यसै गरि २०३८ कै राष्ट्रिय पन्चायत सभाको चुनावमा  दीपवहादुर सिंह र २०४३ को राष्ट्रिय पन्चायत सभाको चुनावमा  तेजविक्रम शाहले चुनाव जिते । पन्चायत कालमै  सिंह बन सहयाक मन्त्री र  शाह आपुर्ति सहायक मन्त्री भएका थिए । सिंहले  पन्चायत कालमै दोस्रो पटक चुनाव लडेपनि  जित्न सकेनन् भने  शाहले बवहुदल आइसकेपछि पनि  चुनाव लडेर   दुइ पटक हारेका थिए ।  २०४८ सालको   आम निर्वाचनमा  दुइ वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटवाट क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका  द्वारीकाप्रसाद प्रधान र  क्षेत्र नम्वर २ बाट एमालेका कृष्णवहादुर शाहीले  चुनाव जिते। उनीहरुले पछिल्ला निर्वाचनमा  प्रतिष्पर्धा गरे पनि  चुनाव  पुन जित्न सकेनन् ।

त्यस्तै २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट  विजयी बनेका  झलकनाथ वाग्ले र  दिपकजंग शाहले पनि  पछिल्ला निर्वाचनमा  उम्मेदवार बनेपनि  जित्न सकेनन्। २०५६को  आम निर्वाचनमा  विजयी वनेका  राप्रपाका  गोविन्द्रविक्रम शाह र एमालेका  रत्नप्रसाद शर्मा मध्य गोविन्द्र विक्रम शाहले पछिल्लो दुइ निर्वाचनमा उम्मेदवार भएपनि  दोरिएर  चुनाव जित्न सकेनन् ।  २०६४ को  पहिलो संविधान सभाको निर्वाचनमा  विजयी बनेका  माओवादीका   कालीवहादुर मल्ल र भक्तवहादुर  शाह मध्य भक्तवहादुर  शाहले २०७० को चुनावमा  चुनाव लडेपनि  दोस्रो पटक विजयी हुन सकेनन्। उनी यस पटक पनि   प्रदेश सभाका लागि क्षेत्र नम्वर १ वाट नयाँ शक्ति नेपालको तर्फवाट उम्मेदवार बनेका छन्।  २०७० को दोस्रो संविधान सभाको चुनावमा  क्षेत्र नम्वर १मा नेकपा माओवादीका  तर्फवाट  चुनाव जितेका शक्तिवहादुर वस्नेत र क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसको तर्फवाट चुनाव जितेका  राजीवविक्रम शाह  अहिले एउटै निर्वाचन क्षेत्रमा  प्रतिष्पर्धा गर्दै छन् ।  जाजरकोटमा  कोहि पनि   व्यक्ति दोहोरिएर  सांसद नहुनुको कारण  राजनैतिक अस्थिरता र जनताको  चहाना अनुसार काम नहुनु नै रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए।

प्रकाशित: २५ कार्तिक २०७४ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App