coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफ र जावलाखेलको यात्रा समाप्त

काठमाडौं- जगदम्बा लुम्विनी फुटबल क्लब लगातार दोस्रो जित हालिस गर्दै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। लुम्बिनीले आइतबार जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै समुह 'बी' को विजेताका रुपमा अन्तिम आठको यात्रा गर्न सफल भयो।

आइतबार अर्को खेलमा रमपम झापा–११ फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ। बराबरीपछि समुह 'ए' बाट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र झापा क्वार्टरफाइनल पुगेका छन्। तीनै टोलीको अंक (२) र गोलअन्तर बराबर भएकाले बढि गोल गरेको आधारमा शीर्ष दुईको टुंगो लागेको थियो। जसमा ५ गोल गरेको मनाङ समुह विजेता भयो भने झापा उपविजेताको हैसियतमा अघिल्लो चरण प्रवेश गर्‍यो।

झापाका प्रशिक्षक प्रवेश कटुवालले मुख्य खेलाडी घाइते भएका कारण टोलीले उच्च प्रदर्शन गर्न नसकेको बताए।

कटुवालका समकक्षी एपिएफका रत्नकाजी महर्जनले फरवार्डले पाएको मौका गुमाउँदा बराबरीमा चित्त बुझाउनु परेको बताए। उनले भने, 'हामी छोटो समयको तयारीका भरमा यहाँ आएका हौं। त्यसले गर्दा टोलीमा आपसी समन्वय मिल्न सकेन।'

अजित थापाको गोल निर्णायक वनेपछि लुम्विनीले लगातार दोस्रो खेल जितेको थियो। पहिलो खेलमा आर्मीमाथि जित हासिल गरेको लुम्विनीका लागि आइतबार अजितले २८ औं मिनेटमा गोल गरेका थिए। उनले झन्डै ३० यार्डबाट फ्रि–किकमा गोल गरेका थिए। ६ अंकका साथ लुम्विनी समुह 'बी' को विजेता बन्दा आर्मी ३ अंकका साथ उपविजेता भयो। जवालखेल प्रतियोगिताबाट बाहिरिएको छ।

लुम्विनीका प्रशिक्षक विकास गुरुङले टोलीका हरेक खेलाडीलाई मौका दिएर नकआउट चरणको तयारी गरेको बताए। 'आर्मीसँग हामीले निकै राम्रो खेलेका थियौं। जावालखेलविरुद्ध पनि हामीले त्यस्तै अपेक्षा गरेका थियौं,' उनले भने, 'अव हामी क्वार्टरफाइनलमा केन्द्रित हुनेछौं। हामी सवै खेलाडीलाई अवसर दिने पक्षमा छौं।'

जाउलाखेलका प्रशिक्षक नरेश थापाले क्षमताअनुसार प्रदर्शन गर्न नसकेको स्विकार्दै भने, 'हामीले धेरै मौका चुकायौं। फुटबलमा मौका चुकाउने टोलीले त्यसको मुल्य चुकाउनुपर्छ।' 

प्रकाशित: ६ असार २०७३ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App