coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाकाे अाराेपले पुटिनलार्इ अपमानित गर्‍याे ः ट्रम्प

भियतनाम – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्।

भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनमा पुटिनसँगको संक्षिप्त भेटपछि उनले त्यस्तो धारणा राखेका हुन् । पछि पुटिनले भने हस्तक्षेपका आरोपहरूलाई ’हाँस्यास्पद’ भएको टिप्पणी गरेका थिए।

न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरूमाथि छानबिन गरिरहेको छ । छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरूको नाम पनि तानिएको छ। ट्रम्पले सम्मेलनको क्रममा पुटिनसँग ’दुई’/’तीन’ पटक संक्षिप्त कुराकानी भएको बताएका छन्। 

 

प्रकाशित: २६ कार्तिक २०७४ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App